नेप्से भन्छ, 'बुधबारको समस्या शेयर दलालकोतर्फबाट आएको हो, हाम्रो प्रणालीमा समस्या छैन'

Mar 27, 2019 Merolagani



बुधबार मध्यान्हबाट अनलाइन कारोबार प्रणालीको ब्रोकर ट्रेड म्यानेजमेण्ट सिष्टमको पुर्वाधारमा आएको खराबीका कारण शेयर कारोबार ठप्प भएको नेप्सेले प्रष्ट पारेको छ । नेप्सेका अनुसार शेयर दलालहरुको भेण्डर कम्पनीको डाटा सेन्टरमा रहेको उक्त उपकरणमा आएको समस्याले बुधबार शेयर कारोबार प्रभावित भएको हो ।

भेण्डर कम्पनीको टीएमएस प्रणालीको राउटर अर्थात फायरवालमा आएको समस्याले लगानीकर्ता शेयर कारोबारबाट बञ्चित हुनु परेको नेप्सेका एक अधिकारीले मेरोलगानीलाई बताए ।

अनलाइन कारोबार प्रणाली सुरु गर्ने समयमा शेयर दलालहरुलाई डाटा सेन्टर राख्नका लागि भनिएकोमा आफैंले प्रणाली नराखी भेण्डर कम्पनीको सहयाता लिएका कारण अहिलेको समस्या आएको नेप्सेले बताएको छ ।

नेप्सेका ति अधिकारीले भने, ब्रोकरहरुको आफ्नै प्रणालीमा समस्या आएका कारण सबै ब्रोकरहरु अनलाइन प्रणालीमा लगइन हुन नसकेका हुन् । यसको मरमतको काम पनि शेयर दलालहरुको नै हो । भेण्डर कम्पनीमार्फत दलाल व्यवसायीले उक्त उपकरण मर्मत गर्नु पर्छ ।

ब्रोकरको टीएमएसमा आएको खराबीको असरले नेप्सेको नट प्रणालीमा कुनै असर नपारेको नेप्सेले प्रष्ट पारेको छ । साथै उक्त प्राथमिक फायरवाल शेयर दलालहरुले मर्मत नगरुञ्जेलसम्मका लागि वैकल्पिक फायरवालबाट प्रणाली सुचारु गराइने नेप्सेले बताएको छ ।

अहिले वैकल्पिक फयरवाल जडान भैसके पछि कारोबार अवरुद्ध भएको बाँकी समयको शेयर कारोबार गराइने पनि नेप्सेले प्रष्ट पारेको छ ।

शेयर दलालहरुले बुधबार समस्या देखिने बित्तकै फायरवालको समस्या समाधान गर्न सकेको भए बाँकी समयको कारोबार स्थगित हुने अवस्था नआउने दाबी नेप्सेको छ । यस किसिमका प्राविधिक खरबीको तत्काल समाधान गर्ने संयन्त्र तयार गर्न पनि शेयर दलालहरुलाई नेप्सेले आग्रह गरेको छ ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।