फागुनमा शेयर बजार सँगै म्युचुअल फण्डको एनएभिमा सुधार

Apr 01, 2019 merolagani

फागुन महिनाको शेयर बजारमा सुधार भएको छ । यस महिना शेयर बजार मापन गर्ने नेप्से परिसूचीक २७.२७ अंकले बढेको छ । फागुन महिनामा नेप्से परिसूचकमा भएको वृद्धिको प्रभाबले म्युचुअल फण्डहरूको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) सँगै खुद सम्पत्ति पनि बढेको देखिएको छ ।

फागुन महिनामा फण्डहरूको एनएभि सुधार

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर कारोबार भईरहेका सबै म्युचुअल फण्डहरूको एनएभिमा सुधार भएको छ । दोस्रो बजारको प्रकृति अनुसार फण्डहरूको एनएभि घटबढ हुने गर्दछ । सोहि बमोजिम फागुनमा फण्डहरूको एनएभि पनि सुधार भएको हो ।

गतवर्षको पुस महिनादेखि सञ्चालनमा आएको सिटिजन म्युचुअल फण्डको एनएभि माघ महिनाको तुलनामा फागुनमा २४ पैसाले बढेको छ । माघ मसान्तमा १० रूपैयाँ ३९ पैसा एनएभि भएको फण्डको फागुनमा १० रूपैयाँ ६३ पैसा पुगेको हो ।

त्यसैगरी लक्ष्मी भ्यालु फण्ड–१ को १९ पैसा, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम र एनआईबिएल समृद्धि फण्ड १ को १७ पैसा, ग्लोबल आइएमई समुन्नत स्कीमको १६ पैसा, एनआईबिएल प्रगति फण्डको १५ पैसा र एआईसी एशिया ग्रोथ फण्डको एनएभि १४ पैसाले बढेको छ ।

साथै सानिमा इक्वीटि फण्ड र एनएमबि सुलब इन्भेष्टमेन्ट फण्ड १ को १३ पैसा, सिद्धार्थ इक्वीटिको ११ पैसा तथा नविल इक्वीटि, एनएमबि हाईब्रिड र लक्ष्मी इक्वीटि फण्डको एनएभि १० पैसाले सुधार भएको हो ।

कुन फण्डको खुद सम्पत्ति कति ? 

फागुनमा शेयर बजारमा आएको सामान्य सुधार सँगै फण्डहरूको खुद सम्पत्तिमा पनि सुधार भएको छ । यस महिना सिटिजन म्युचुअल फण्डको खुद सम्पत्ति सबै भन्दा धेरै २.०२ प्रतिशतले बढेको छ भने एनआईबिएल प्रगति फण्डको खुद सम्पत्ति पनि दुई प्रतिशतले बढेको छ ।

साथै एनएमबि हाईब्रिडको खुद सम्पत्ति सबै भन्दा थोरै एक करोड रूपैयाँ अर्थात ०.९६ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई समुन्नत स्कीम, लक्ष्मी भ्यलु फण्ड–१, एनआईबिएल समृद्धि फण्ड१, एआईसि एशिया ग्रोथ फण्ड, सानिमा इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, नविल इक्वीटि र सिद्धार्थ इक्वीटि फण्डको खुद सम्पत्ति एक प्रतिशत भन्दा धेरैले बढोत्तरी भएको छ ।

म्युचुअल फण्डबाट शेयर बजारमा कति थप भयो लगानी ?

माघ महिनाको तुलनामा फागुन महिनामा म्युचुअल फण्डबाट शेयर बजारमा २१ करोड ७ लाख रूपैयाँ लगानी थप भएको छ । हाल सञ्चालनमा रहेका १३ वटा फण्डले माघ महिनामा ६ अर्ब ९८ करोड रूपैयाँबाट बढाएर फागुनमा ७ अर्ब २० करोड रूपैयाँ पुर्याएका छन् ।

१३ वटा फण्डहरू मध्ये फागुन महिनामा सिटिजन म्युचुअल फण्डले सबै भन्दा धेरै अर्थात ६ करोड ११ लाख रूपैयाँ शेयरमा लगानी गरेको छ । सानिमा इक्वीटि फण्ड र ग्लोबल आइएमई समुन्नत स्कीमको तीन करोड रूपैयाँ बराबर शेयर बजारमा लगानी थप भएको छ भने लक्ष्मी इक्वीटि फण्ड र सिद्धार्थ इक्वीटि फण्डले दुई करोड रूपैयाँ भन्दा धेरै रूपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।

साथै नविल इक्वीटि फण्डले एक करोड ४१ लाख रूपैयाँ बराबर लगानी थप गरेको छ । एआईसि एशिया ग्रोथ फण्ड, एनएमबि हाईब्रिड फण्ड, लक्ष्मी भ्यालु फण्ड, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले एक करोड भन्दा कम लगानी थप गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।