शेयर बजारमा दोहोरो अंकको सुधार,आधा अर्बको शेयर कारोबार

Apr 02, 2019 Merolagani



मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। सोमबार ६.४३ अंकले बढेको नेप्से सूचकले मंगलबार थप १३.७२ अंकको भराेसा पाएको हो। यससँगै नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको छ ।

मंगलबार १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर ५० करोड ८ लाख ८१ हजार रुपैयाँमा कारोबार भयो । कारोबार आएका १० उपसमुह मध्ये निर्जीवन बीमा र हाइड्रोपावर उपसमुहको सूचक बाहेक बाँकी ८ वटै उप समूहकाे सूचाङ्कमा सुधार भएको हो ।

निर्जीवन बीमा ६.७६ र हाइड्रोपावरको सूचक ३.४८ अंकले घटेका छन् । जीवन बीमा समुहको सबैभन्दा धेरै ३८.८६ अंकले बढेको छ । यस्तै होटल २०.०१, वाणिज्य बैंक १९.६७, उत्पादन तथा प्रशोधन ८.७३, अन्य ५.६१, विकास बैंक ३.६१, माइक्रोफाइनान्स २.२१, र फाइनान्सको सूचक पनि १.६८ अंकले सकारात्मक बनेका छन्।

बैंकिङ्ग समुहको उच्च कारोबार, एनसीसी बैंकको मात्रै ४ करोडको खरिद बिक्री

मंगलबार कारोबारमा आएका उप सूचकमध्ये बैंकिङ्ग समूहको उच्च शेयर कारोबार भएको छ । ५० करोड ८ लाख ८१ हजार रुपैयाँको शेयर कारोबार भएको बजारमा बैंकिङ्गमान मात्र २० करोड ४५ लाख पाँच हजारको कारोबार भयो । यो कूल कारोबार रकमको ४०.८३ प्रतिशत हो।

यस दिन एनसीसी बैंकको शेयर सबैभन्दा धेरै रकमकको कारोबार भएको छ । बैंकको एक लाख ८४ हजार ४४१ कित्ता शेयर ४ करोड २५ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भयो।

यस्तै एनआईसी एशिया बैंकको ३ करोड ७६ लाख, एनएमबि बैंकको २ करोड ७१ लाख, नेपाल बंगलादेश बैंकको २ करोड २७ लाख, प्रभु बैंकको २ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्राइम कर्मशियल बैंकको एक करोड ६३ लाख, एभरेष्ट बैंकको एक करोड ६२ लाख, सिटिजन बैंकको एक करोड ५४ लाख, माछापुच्छ्रे बैंकको एक करोड ३४ लाख र सिभिल बैंकको पनि एक करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

भार्गव विकास बैंकको शेयरधनीले कमाउँदा, युनिभर्सल पावरको शेयरमूल्यमा नेगेटिभ सर्किट

मंगलबारको बजारबाट भार्गव विकास बैंकको शेयरधनीले सबैभन्दा धेरै ९.४० प्रतिशतले कमाएका छन् भने युनिभर्सल पावरको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । १४९ रुपैयाँमा कारोबार खुलेको भार्गवको शेयरमूल्य बढेर प्रतिकित्ता १६३ रुपैयाँ पुगेको छ भने १४६ रुपैयाँमा कारोबार खुलेको युनिभर्सल पावरको शेयरमूल्य १३२ रुपैयाँमा झरेको छ । चैत १० गतेदेखि कारोबार खुलेदेखि नै कम्पनीको शेयरमूल्य निरन्तर घट्दै आइरहेको छ ।

यसैगरि लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य ५.८९, एनएमबि हाईब्रिड फण्ड १ को इकाईमूल्य ४ प्रतिशत, पोखरा फाइनान्सको शेयरमूल्य ४.६५ प्रतिशत र जानकी फाइनान्सको शेयरमूल्य ४.२७ प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, एनआइसी एशिया बैंक, राधी विद्युत कम्पनी, रिलायन्स फाइनान्स र कुमारी बैंकका शेयरधनीहरुले ३ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

उता कञ्चन डेभलपमेन्ट बैंकको शेयरधनीले ५.६६ प्रतिशतले गुमाउँदा अरुण काबेली पावर ४.३४, जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले पनि ४.०१ प्रतिशतले गुमाए ।

यस्तै युनाइटेड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, सांग्रिला डेभलममेन्ट बैंक, खानीखोला हाइड्रोपावर, ङादी ग्रुपपावर र उन्नती माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।