आइ.सि.एफ.सि. द्वारा असहाय वृद्ध कल्याण समाजलाई सहयोग

Apr 19, 2019 Merolagani



आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड (ICFC)को जयमंगला शाखाले असहाय वृद्ध कल्याण समाजलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

शाखा स्थापनाको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले रत्ननगर १३ अमिलिया चितवनमा रहेको असहाय वृद्ध कल्याण समाजलाई सहयोग उपलब्ध गराएको हो ।

उक्त कार्यक्रममा सो फाइनान्सका नारायणगढ शाखा तथा जयमंगला शाखाका प्रमुखहरु अच्यूत पण्डित तथा अमृत घिमिरेले संयुक्त रुपमा खाद्यान्न तथा फलफूल असहाय वृद्ध कल्याण समाजकी अध्यक्ष उमा सापकोटा तथा सचिव मुकुन्द खनाललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

काठमाण्डौँको भाटभटेनीमा केन्द्रीय कार्यालय रहेको आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको देशभर १७ वटा शाखा रहेका छन् । चितवनमा नारायणगढ, जयमंगला, खुरखुरे तथा ज्योतिनगर सहित ४ वटा शाखा कार्यालयबाट ग्राहकलाई अत्याधुनिक बैकीङ्ग सेवा दिइरहेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।