नेशनल माइक्रोफाइनान्सको खुद नाफा ५४ प्रतिशत बढ्यो

Apr 21, 2019 Merolagani

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (NMFBS) ले चालु वर्षको तेस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा ५४.२९ प्रतिशतले खुद नाफा बढाएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्ष यहि अवधिमा माइक्रोफाइनान्सको नाफा ६ करोड ९९ हजार रुपैयाँ थियो।

वित्तीय संस्थाले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वार्षिक प्रतिशेयर आम्दानी ८१ रुपैयाँ ९४ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा कम्पनीको इपिएस ५३ रुपैयाँ ११ पैसा रहेको थियो।

चुक्ता पूँजी १५ करोड ८ लाख भन्दा ८३ हजार रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा २० करोड २२ लाख रुपैयाँ सञ्चित रकम पुगेको छ । यस अवधिमा कम्पनीले एक अर्ब २१ करोड निक्षेप संकलन तथा दुई अर्ब १३ करोड बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर तीन अर्ब ४७ करोड बराबरको कर्जा लगानी गरेको छ ।

जसबाट कम्पनीको खुद ब्याज आम्दानी ५१.५४ प्रतिशत बढेर १८ करोड ३८ लाखमा वृद्धि भएको छ । खराब कर्जा अनुपात बढेर १.५७ प्रतिशत पुगेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०८ गुणा मात्र बढी देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।