बजारमा उछाल आउँदा सबैभन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीहरु चिन्नुहोस्

Apr 21, 2019 Merolagani

आइतबार शेयर बजारमा फराकिलो अन्तरले सुधार देखिँदा धेरैजसो कम्पनीहरुको शेयर मूल्यमा पनि उछाल आएको छ। यस क्रममा संस्थापक शेयर सहित ७ वटा वाणिज्य बैंकको शेयर मूल्यमा उछाल देखिएको छ। यसका अलावा २ वटा लघुवित्त र एउटा जलविद्युत कम्पनीको शेयरमूल्य अधिक बढेको देखिन्छ । शिर्ष १० कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

आइतबार बजार खुलेपछि नै तिब्र गतिमा उकालो लागेको बजारमा अधिक शेयर मूल्य बढ्ने शिर्ष १० कम्पनीमा वाणिज्य बैंकको दवदबा देखिएको हो। शेयर बजार परिसुचक नेप्सेमा झण्डै ३२ अंकको सुधार देखिँदा वाणिज्य बैंकहरुको शेयर मूल्य बढ्दै गर्दा कारोबार चाप पनि अधिक देखिएको हो।

आइतबार स्टाण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशतले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६२१ रुपैयाँमा अन्तिम पटक कारोबार भएको चार्टर्डको प्रतिकित्ता शेयर ६२ रुपैयाँले बढेको हो । योसँगै बैंकको प्रतिकित्ता शेयरमूल्य ६८३ रुपैयाँ पुगेको छ। यस क्रममा चार्टर्डको १४ हजार १४० कित्ता शेयरहरु १६१ पटक किनबेच हुँदा ९२ लाख १३ हजार रुपैयाँमा किनबेच भएका छन् ।

दोस्रो स्थानमा रहेको नेपाल एसबिआई बैंकको शेयर मूल्यमा पनि १० प्रतिशतको सुधार आएको छ। बैंकको प्रतिकित्ता शेयर ४६ रुपैयाँले बढेर ५११ रुपैयाँ पुगेको छ। गत बिहीबार बैंकको प्रतिकित्ता शेयर ४६५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । बैंकको ३६ हजार २८८ कित्ता शेयरहरु १७९ पटक किनबेच हुँदा १ करोड ७७ लाख ५४ हजार रुपैयाँमा किनबेच भएका छन् ।

तेस्रो स्थानमा रहेको स्वदेशी लघुवित्तको शेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ। लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ५६ रुपैयाँले बढेर ६२४ रुपैयाँमा उक्लिएको छ। गत बिहीबार लघुवित्तको प्रतिकित्ता शेयर ५६८ रुपैयाँमा किनेच भएकोमा आइतबारको वृद्धि पछि ६२४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको हो। लघुवित्तको १० हजार २६० कित्ता शेयरहरु १२४ पटक किनबेच हुँदा ६२ लाख ४० हजार रुपैयाँमा कारोबार भएका छन् ।

चौथो स्थानमा रहेको हिमालयन बैंकको शेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ। गत बिहीबार ५३२ रुपैयाँमा अन्तिम पटक किनबेच भएको हिमालयन बैंकको शेयरमूल्य आइतबार मात्र ४८ रुपैयाँले बढेर ५८० रुपैयाँ पुगेको हो । हिमालयन बैंकको १९ हजार ४ सय २५ कित्ता शेयरहरु ८६ पटक किनबेच हुँदा १ करोड ५ लाख ५२ हजार रुपैयाँको कारोबार भयो ।

पाँचौं स्थानमा रहेको अरुण काबेली पावरको शेयर मूल्य साढे ८ प्रतिशत अर्थात १४ ले बढेर १७७ रुपैयाँ पुेको छ । अरुण काबेलीको ९०४ कित्ता शेयरहरु २५ पटकको कारोबारबाट १ लाख ४७ हजार रुपैयाँमा किनबेच भएको हो ।

छैठौं स्थानमा रहेको नबिल बैंकको संस्थापक शेयरको मूल्य पनि झण्डै ८ प्रतिशतले बढेको छ। ६० रुपैयाँ प्रतिकित्ताले मूल्य बढेर नबिल संस्थापकको प्रतिकित्ता शेयर मूल्य ८२५ रुपैयाँ पुगेको छ। नबिल संस्थापकको २४ हजार ९२२ कित्ता शेयरहरु ९५ वटा कारोबारबाट २ करोड रुपैयाँमा किनबेच भएका छन्।

सातौं स्थानमा रहेको एभरेष्ट बैंकको शेयर मूल्य पनि झण्डै ८ प्रतिशतले बढेर ६८० रुपैयाँ पुगेको छ। आइतबार एभरेष्ट बैंकको २६ हजार ७७४ कित्ता शेयरहरु १ करोड ७४ लाख रुपैयाँमा किनबेच भएका छन् ।

आठौं स्थानमा रहेको नबिल बैंकको शेयर मूल्य पनि झण्डै ७ प्रतिशतले बढेर ८६६ रुपैयाँ पुगेको छ । २ हजार ९०० कित्ता शेयरहरु २ करोड ४३ लाख ७१ हजार रुपैयाँमा किनबेच भएका छन् ।

नवौं स्थानमा रहेको बैंक अफ काठमाण्डूको शेयरमूल्य पनि झण्डै ७ प्रतिशतले बढेर २८८ रुपैयाँ पुगेको छ । बैंकको ४२ हजार ४१६ कित्ता शेयरहरु १ करोड ४६ लाख १७ हजार रुपैयाँमा किनबेच भएका छन् ।

दशौं स्थानमा रहेको नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य पनि झण्डै ७ प्रतिशतले नै बढेको छ । नेशनल माइक्रोको प्रतिकित्ता शेयर मूल्य १ हजार ७८२ रुपैयाँसम्म पुगेर अन्तिम पटक १ हजार ७५४ रुपैयाँमा किनबेच भएको हो । माइक्रोफाइनान्सको १ हजार ५८४ कित्ता शेयरहरु २७ लाख ५३ हजार रुपैयाँमा किनबेच भएका छन् ।

यसैगरि सूर्योदय लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, मेगा बैंक, नेशनल हाइड्रोपावर, एनआईबिएल प्रगति फण्ड, जनता बैंक, फवार्ड कम्युनिटी लघुवित्त, नेपाल बैंक, सानिमा इक्वीटी फण्ड, ग्लोबल आईएमई लघुवित्त, एभरेष्ट बैंक कन्भर्टेबल, निर्धन उत्थान लघुवित्त,बैलास विकास बैंक, कुमारी बैंक, र मेरो माइक्रोफाइनान्सका शेयरधनीले पनि आइतबारको बजारबाट साढे ३ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।