सिटिजन्स म्युचुअल फण्ड–२ ले एक अर्ब बराबरको इकाई जारी गर्न पायो स्वीकृत

Apr 22, 2019 Merolagani



सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले सर्वसाधारणमा इकाई जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ ।

फण्डले प्रति इकाई १० रुपैयाँको दरले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्ने अनुमति पाएको हो । 

आवेदन दिएको झण्डै ११ महिनाको अन्तरालमा बोर्डले वैशाख ६ गते स्वीकृती दिएको हो । फण्डले २०७५ जेठ १६ गते बोर्डमा आवेदन गरेको थियो ।

सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो दोस्रो योजना हो । क्यापिटलको पहिलो योजना सिटिजन्स म्युचुअल फण्ड –१ दोस्रो बजारमा कारोबार भईरहेको छ । उक्त योजना २०७४ पुस महिना देखि सञ्चालन आएको हो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।