सिटिजन्स म्युचुअल फण्ड–२ ले एक अर्ब बराबरको इकाई जारी गर्न पायो स्वीकृत

Apr 22, 2019 Merolagani



सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले सर्वसाधारणमा इकाई जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ ।

फण्डले प्रति इकाई १० रुपैयाँको दरले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्ने अनुमति पाएको हो । 

आवेदन दिएको झण्डै ११ महिनाको अन्तरालमा बोर्डले वैशाख ६ गते स्वीकृती दिएको हो । फण्डले २०७५ जेठ १६ गते बोर्डमा आवेदन गरेको थियो ।

सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो दोस्रो योजना हो । क्यापिटलको पहिलो योजना सिटिजन्स म्युचुअल फण्ड –१ दोस्रो बजारमा कारोबार भईरहेको छ । उक्त योजना २०७४ पुस महिना देखि सञ्चालन आएको हो ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।