हरेक वर्ष अप्रिलको तेस्रो सातामै शेयर बजारले किन लिन्छ गति ?

Apr 27, 2019 Merolagani

केही दिनदेखि पूँजी बजार बुलिस ट्रेण्डमा गएको छ ने कारोबार रकम पनि एक अर्ब माथिको कारोबार हुन थालेको छ। यस्तो प्रवृत्ति यो वर्ष मात्र भएको हैन, शेयर बजारको इतिहास हेर्ने हो भने पनि हरेक वर्ष अप्रिलको तेस्रो सातामा शेयर बजारमा यस्तो दृश्य देखिँदै आएको पाइन्छ। अब जिज्ञाशा जाग्छ आखिर किन देखिन्छ त यस्तो अवस्था ?

नयाँ वर्ष २०७६ सुरु भएयता नौ कारोबार दिनमै नेप्से १०८ अंकले उकालो लागेको छ। यस अवधिमा ७ अर्ब ६२ करोड बढीको शेयर किनबेच भएको छ भने तीन कारोबार दिनहरु बैशाख ८, ९ र १२ गते एक अर्ब बढीको शेयर किनबेच भयो। 

यसबीचमा नेप्से परिसूचकमात्र बढेको छैन दैनिक ५० करोडभन्दा तल कारोबार हुँदै आइरहेको शेयर बजारमा अर्ब बढीको कारोबार हुनु र अझ बिहीबार एक अर्ब ३५ करोड बराबरको कारोबार नाघ्नुले शेयर बजारले बुलिस प्रवृत्ति समातेको सहजै अनुमान लगाउन जो कसैलाई गाह्रो हुँदैन ।

नेप्से परिसूचकमा निरन्तर वृद्धि देखने, थोरै करेक्शन हुने र फेरि बढ्ने बजारको गतिप्रति लगानीकर्ताले भरोसा गरेको पाइएको छ। विश्लेषकहरुले वियरिस ट्रेण्ड सकिएर बजार बुलिसतिर अगाडि बढ्न खोजेको बिश्लेषण गर्न थालेका छन् । के वियरिस ट्रेण्ड सकिएकर बुलिस ट्रेण्ड शुरु भएकै हो त ? सामान्य लगानीकर्ताले पनि प्रश्न गर्न थालेका छन् ।

यो समयमा बजार बढ्नुलाई बजार बुलिसतर्फ गई नै हाल्यो भनेर विश्लेषण गर्न विगतको तथ्याङ्कले दिँदैन । तथ्याक अनुसार हरेक वर्षको मध्य अप्रिल पश्चात एक अर्ब माथिको कारोबार गरेको हुने गरेको देखिएको छ । अप्रिल २५, २०१९ मा कारोबार रकम एक अर्ब ३५ करोड देखिँदै गर्दा अप्रील २३, २०१८ मापनि एक अर्ब ५१ करोड माथि शेयर कारोबार भएको देखिन्छ । यसैगरी, २३ अप्रील २०१७ मा पनि एक अर्ब ५३ करोड भन्दामाथि कारोबार भएको तथ्याङ्कले बताउँछ ।

यति मात्र होइन प्रत्येक वर्ष अप्रीलको तेस्रो सातामा बजारले लगानीकर्तामा निकै विश्वास जगाएको देखिन्छ । उल्लेख गरिएका तीनै बर्षका अन्य महिनामा कारोबार रकम २० देखि ३० करोड ननाघेकोमा अप्रिलको तेस्रो साता अर्ब नाघ्नु सुखद संयोग मात्र होइन ।

शेयर बजारमा लगानी गरिरहेका एकजना सक्रिय लगानीकर्ताका भन्छन् शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश गर्ने समय नै यहि हो। सूचीकृत कम्पनीहरुले प्रकाशन गर्ने दोस्रो त्रैमासिक प्रतिवेदनसम्म लगानीकर्ताहरुलाई कम्पनीहरुको कमाईको बारेमा उति चासो हुँदैन । तेस्रो प्रतिवेदन आउने बेलामा भने सबै कान ठाडो पारेर बस्छन् । किनभने चौथो त्रैमास आउने बेलासम्ममा आम्दानी पनि गर्नु छ ।

तेश्रो त्रैमासको विवरणका सूचना प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लगानीकर्तासम्म पुग्ने र फैलने क्रम बजारमा भइरहन्छ । यही समयमा सूचीकृत कम्पनीहरुको धमाधम ९ महिनाको वित्तीय विवरण सार्वजनिक हुन्छन् । जसका कारण बजारमा रौनक देखापर्छ।
करिब दश वर्षयता शेयर बजारमा शेयर खरिद बिक्री गराउँदै आएका एक शेयर ब्रोकर भने  तेस्रो त्रैमासमा बजार बुलिस ट्रेण्डमा जाने मुख्य कारक तत्व अन्तिम त्रैमासमा सरकारी विकास खर्चमा वृद्धि मान्छिन् ।

उनले भने दोस्रो त्रैमासमा ठूला लगानीकहरुलाई कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बैंकहरुमा तेस्रो त्रैमासमा सरकारी पैसा खर्चको प्रवृति बढ्दा कर्जा पाउन सहज हुन्छ । जसले ठूलो लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर कर्जा लिएर पनि लगानी बढाउँछन् । ९ महिनाको कमाइका आधारमा वर्षको अन्त्यसम्म कसले कति लाभांश बाँड्न सक्छ भन्ने थाहा भैहाल्छ।

प्रयाप्त तरलता बजारमा आउँदा बंैंक व्याजदरमा थोरै भएपनि खुकुलो हुने भएकाले पनि ठूला साना सबै प्रकारका लगानीकर्ता बजारमा प्रवेश गर्न यो समय नै उपयुक्त देखिन्छ ।

शेयर बजार वृद्धिमा टेवा पुर्याउने अर्को कारण हो प्रि बजेट छलफलका कार्यक्रमहरु । जसमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस्ता छलफलहरु आयोजना गरि सरोकारवालहरुबाट सुझाब लिने गर्दछन् ।

अगामी आर्थिक वर्षको बजेटका लागि प्रि बजेट छलफलका कार्यक्रमहरुमा सरोकारवाला निकायहरुले बजेटमा आफ्नो हितअनुकूलका सुझावहरु दिँदा सोही कार्यक्रमहरु कुनै न कुनै रुपमा सम्बोधन हुने आशा लगानीकर्तामा जाग्दा त्यसको मनोबैज्ञानिक प्रभाव पूँजी बजारमा बजारमा देखिन्छ। जसको कारण स्थिर रहेको बजारले उर्जा प्राप्त गर्दछ र गति लिन्छ ।

यी सबै कारणहरुको संयोग अप्रीलको तेस्रो सातामै मुख्य रुपले पर्ने भएकाले अरु महिनामा निराशाजनक कारोबार भएपनि यो समयमा नेप्से सूचक सँगै कारोबारले पनि अर्ब नाघ्ने सरोकारवालाहरु बताउँछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।