गुराँस लघुवित्तको आईपिओ खुल्यो, एक हजारमै गर्नुहोस् आवेदन

Apr 29, 2019 Merolagani

गुराँस लघुवित्त (GLBSL) ले बैशाख १६ गते सोमबार देखि सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। लघुवित्तले २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा ल्याएको हो ।

कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । 

लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिनेछ ।

लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गते सम्म आबेदन गर्न सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईपिएल एस क्यापिटल रहेको छ ।

गुराँसले धितोपत्र बोर्ड चैत २६ गते जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो । पुस १० गते कम्पनीले बोर्डमा अनुमति मागेको थियो ।

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।

लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।

लघुवित्तको आईपिओलाई क्रेडिट रेटिङ्ग भने गराएको छैन् । ३ करोड भन्दा कमको सार्वजाकि निष्काशन भएकोले क्रेडिट रेटिङ्ग गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएकोले क्रेडिट रेटिङ्ग नगराएको लघुवित्तले जनाएको छ ।

४६ लाख नोक्सानीमा रहेको लघुवित्तले ३ वर्षमा ४ करोड नाफा कमाउने प्रक्षेपण

गत आर्थिक वर्ष २०७४/७५ मा ४६ लाख रुपैयाँ नोक्सानीमा रहेको लघुवित्तले ३ वर्ष भित्र अर्थात आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाउने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४८ लाख २० हजार, आर्थिक वर्ष २०७६/७७ मा २ करोड ३ लाख प्रक्षेपण गरिएको छ ।

तीन वर्ष भित्र प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १० पैसा पुर्याउने लघुवित्तले अनुमान गरेको छ। गत आर्थिक वर्ष २०७४/७५ मा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा रहेको थियो। यस्तै प्रतिशेयर नेटवर्थ पनि १६८ रुपैयाँ ३६ प्रतिशत पुर्याउने प्रक्षेपण गरेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६९ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १७ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ।

चुक्ता पूँजी ५ करोड २५ लाख रहेको लघुवित्तको जगेडा कोषमा ५२ लाख ३२ हजार सञ्चित छ। यस अवधिमा कम्पनीले ९ करोड ५ लाख निक्षेप संकलन र ५० करोड ८९ लाख सापटी लिएको छ।

पुस मसान्तसम्म ६१ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तले दुई करोड १७ लाख खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा खराब कर्जा अनुपात ३.४९ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।