श्री इन्भेष्टमेन्ट फाइनान्सले पूँजी वृद्धिको अनुपातमा कमाई नगर्दा खस्कियो प्रतिशेयर आम्दानी

Apr 29, 2019 Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ७ लाख अर्थात् ४७.२८ प्रतिशतले बढी हो । गत वर्ष फाइनान्सले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै फाइनान्सको खुद नाफामा बढोत्तरी देखिएको हो ।

गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३२ पैसाले घटेको छ । गत वर्ष २५ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दानी गरेको फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ रुपैयाँ ७६ पैसा मात्र प्रतिशेयर आम्दानी गरेको छ ।

चुक्ता पूँजी १३४.४८ प्रतिशतले बढाएर ८१ करोड पुर्याएको फाइनान्सको जगेडा कोष ३२.४९ प्रतिशतले खुम्चिएको छ । फाइनान्सको जगेडा कोषमा २५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा फाइनान्सले ४ अर्ब ४२ करोड निक्षेप संकलन र १० करोड सापटीबाट ४ अर्ब १० करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

चैत मसान्तसम्म फाइनान्सले ४७ करोड ९२ लाख ब्याज आम्दानी र २९ करोड ४१ लाख ब्याज खर्च गरेर १८ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४७.४६ प्रतिशतले बढी हो । गत वर्ष फाइनान्सले १२ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.१९ प्रतिशत रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ८.६९ गुणा बढी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।