प्रोग्रेशिभ फाइनान्स नोक्सानीबाट नाफामा

Apr 30, 2019 Merolagani



प्रोग्रेशिभ फाइनान्स (PROFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा फाइनान्स ९७ लाख ११ हजार रुपैयाँ नोक्सानीमा थियो ।

फाइनान्सले खुद ब्याज आम्दानीमा १२० प्रतिशतको वृद्धि सँगै खराब कर्जा वापतको तीन करोड ४ लाख रुपैयाँ असुली गर्दा नोक्सानीबाट नाफामा गएको हो ।

चुक्ता पूँजी ७१ करोड २१ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा चार करोड २५ लाख रुपैयाँ सञ्चित छ ।

चैत्र मसान्तसम्ममा ८२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ८८ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा १२० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनन्समा निष्कृय कर्जा अनुपात ३.३९ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ४ पैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ । मूल्य आम्दानी अनुपात ३०.१ गुणाले बढी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।