आईसिएफसी फाइनान्सले कमायो साढे ९ करोड, प्रतिशेयर आम्दानी कति ?

Apr 25, 2019 Merolagani



आईसिएफसी फाइनान्स (ICFC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले एक करोड ४७ लाख रुपैयाँले खुद नाफा बढाएको हो।

फाइनान्सले खुद ब्याज आम्दानीमा पनि सुधार गरको छ । फाइनान्सले यस अवधिमा ६ करोड ३२ लाख रुपैयाँले खुद व्याज आम्दानी बढाएर २४ करोड ९९ लाख रुपैयाँ पुर्याएको हो।

गत वर्षको यस अवधिमा फाइनान्सले १८ करोड ६७ लाख रुपैयाँ मात्रै खुद व्याज आम्दानी गरेको थियो।

फाइनान्सले एक अर्ब २२ करोड २० लाख रुपैयाँ सापटि र ९ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

फाइनान्सको निष्कृय कर्जा अनुपातमा सुधार भएको छ । गत वर्ष ०.५६ प्रतिशत रहेको यो अनुपात ०.३८ प्रतिशतमा झरेको हो।

चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँमा स्थिर रहेको फाइनान्सको जगेडा कोषमा ३० करोड ७९ लाख रुपैयाँ संचित छ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैइाँ ९१ पैसा र मूलय आम्दानी अनुपात १०.६० गुणा बढी छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।