सुध्रने संघर्ष गर्दै ललितपुर फाइनान्स, खराब कर्जाको बोझ धान्नै मुस्किल

May 10, 2019 Merolagani



समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले खराब कर्जा असुलीबाट ८ करोड १७ लाख खुद नाफा आर्जन गरेको थियो ।

यस त्रैमासको वित्तीय विवरण अनुसार सम्भावित जोखिम बापतको व्यवस्थापनमा आएको बढोत्तरी, कर्मचारी खर्च र उच्च रुपमा सञ्चालन खर्च बढे पछि फाइनान्सले नोक्सानी व्यर्होनु परेको देखिन्छ ।

चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ । यस त्रैमासमा फाइनान्सको जगेडा कोष ११ करोड ७४ लाख रुपैयाँले नोक्सानीमा छ । गत वर्ष ७ करोड १९ लाख रुपैयाँले नोक्सानीमा थियो ।

चैत मसान्तसम्ममा ३१ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ४८ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा फाइनान्सले ८० लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष फाइनान्सले ९५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सले खराब कर्जामा समेत खासै सुधार गर्न सकेको छैन । गत वर्षको तेस्रो त्रैमासमा ७८.७८ प्रतिशत रहेको फाइनान्सको निष्कृय कर्जा अनुपात ७५.३३ प्रतिशतमा झरेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६७ पैसाले नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ५० रुपैयाँ ४० पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात ३३४.८२ गुणा छ ।





राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।