खराब कर्जा असुलेर बेष्ट फाइनान्सले देखायो नाफामा उल्लेख्य सुधार

Apr 30, 2019 Merolagani



बेष्ट फाइनान्स (BFC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा फाइनान्सको खुद नाफा १२३ प्रतिशतले बढेको हो । गत बर्ष फाइनान्सले तीन करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खराब कर्जा असुल उपर गर्दै खुद ब्याज आम्दानीमा सुधार गर्दा फाइनान्सको नाफामा चमत्कारी सुधार भएको हो । चुक्ता पूँजी ८१ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १० करोड ४९ लाख रुपैयाँले नोक्सानीमा छ ।

चैत्र मसान्तसम्ममा फाइनान्सले दुई अर्ब २८ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब १८ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा फाईनान्सले १० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनमा ९ करोड २३ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ४८ लाख रुपैयाँ मात्र खुदब्याज आम्दानी गरेको थियो ।

समस्या ग्रस्त संस्थाबाट मुक्त भएको फाइनान्सले खराब कर्जा असुलीलाई जोड दिएको देखिन्छ । फाइनान्सले यस त्रैमासमा ९ करोड ४६ लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ । गत वर्ष फाइनन्सले तीन करोड ८९ लाख रुपैयाँ खराव कर्जा फिर्ता गरेको थियो ।

फाइनान्सको खराब कर्जा अनुपातमा उल्लेख्य रुपमा सुधार भएको छ । फाइनान्समा ५८.२० प्रतिशतको अनुपातमा रहेको निष्कृय कर्जा १६.९५ प्रतिशतमा झरेको छ र यद्यपि फाइनान्सले खराब कर्जा अनुपातको मात्र सुधार गर्नु पर्ने देखिन्छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ४ पैसा छ । मूल्य आम्दानी अनुपात १०.२ गुणा बढी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।