नागबेली लघुवित्तको खुद नाफा दुई करोड १२ लाख

May 06, 2019 Merolagani

नागबेली लघुवित्त (NBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा १५.५२ प्रतिशत अर्थात २८ लाख रुपैयाँले सुधार भएको हो ।

गत वर्ष लघुवित्तले एक करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानीमा सुधार गर्दा नाफा बढेको हो । 

चुक्ता पूँजी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म ३० करोड दुई लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३२ करोड २९ लाख रुपैयाँ ऋण गरेर ८१ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ५ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा दुई करोड ११ लाख रुपैयाँले बढी हो । गत वर्ष लघुवित्तले तीन करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा भने बढेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात ४.२८ प्रतिशत पुगेको छ । गत चैतमा यस्तो अनुपात ३.७६ प्रतिशत थियो।

लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ । मूल्य आम्दानी अनुपात ४७.९९ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।