मेरो माइक्रोफाइनान्सको दुई लाख कित्ता शेयर जेठ ७ देखि लिलामीमा आउने

May 12, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) को दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयरमा जेठ ७ गतेदेखि लिलामीमा आउने भएको छ। कम्पनीले यसअघि जारी गरेको शतप्रतिशत हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा सो परिमाणमा शेयर बिक्री भएको थिएन।

बैशाख २६ गते बिहीबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ६३५ रुपैयाँ कारोबार भएको छ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट समेत बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र जेठ १४ गतेसम्म भर्न पाइनेछ । यसरी बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्म न्यूनतम एक सय वा सो भन्दा बढी बढाबढ मूल्यमा बोलकलोब गरि पेश गर्नुपर्नेछ ।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो।

हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।