देवः विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो

May 13, 2019 Merolagani



देवः विकास बैंक (DBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २६.१४ प्रतिशतले धेरै हो ।

गत वर्षको यसै अवधिमा बैंकले २० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७३ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । 

चैत मसान्तसम्मा १७ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १६ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले ६१ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १३ करोड ३६ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ४८ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात १.६६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा छ । मूल्य आम्दानी अनुपात ९.५३ गुणा छ ।

 

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।