महालक्ष्मी विकास बैंकको नाफा १५ प्रतिशत बढ्यो

May 14, 2019 Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५ करोड १० लाख अर्थात १५.१३ प्रतिशतले बढी हो ।

गत वर्षको चैत मसान्तसम्ममा बैंकले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

आम्दानीमा उल्लेख्य सुधार भएको बैंकको अपेक्षित रुपमा खुद नाफा वृद्धि भएको देखिँदैन । बैंकको कर्मचारी र सञ्चालन खर्च बढ्दा अपेक्षित नाफा बढ्न नसकेको हो ।

चुक्ता पूँजी दुई अर्ब ८४ करोड ४५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड ६४ लाख रुपैयाँ सञ्चित छ ।

चैत्र मसान्तसम्ममा ३० अर्ब ४९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २६ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा बैंक खुद ब्याज आम्दानीमा उल्लेख्य रुपमा सुधार गरेको छ । यस त्रैमासमा बैंकले एक अर्ब २६ लाख रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । गत वर्षको यसैअवधिको तुलनामा बैंकले खुद ब्याज आम्दानी २८ करोड ३७ लाख रुपैयाँले धेरै हो । गत वर्ष बैंकले ७१ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले ४९ करोड ६७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गवर्षको यसै अवधिको तुलनामा ३२ करोड ५७ लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकले १७ करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ३.८५ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।