नेपाल सेवा लघुवित्तको ९ महिनाको नाफा १३ लाख

May 14, 2019 Merolagani



नेपाल सेवा लघुवित्तले चालु आथिक वर्षको तेस्रो त्रैमासमा १३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ७ लाख ८० हजार रुपैयाँले धेरै हो ।

गत वर्ष लघुवित्तले ५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जोखिम व्यवस्थापनको लागि धेरै रकम खर्चिदा लघुवित्तको नाफा अपेक्षित रुपमा वृद्धि हुन नसकेको हो ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ४७ लाख २५ हजार रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्ममा ६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले २३ करोड ५७ लाख रुपैयाँ अरु बैंक तथा वित्तिय संस्थाबाट ऋण गरेर ३६ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।

यस अवधिमा लघुवित्तले एक करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष लघुवित्तले एक करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।लघुवित्तको निष्कृय कर्जा अनुपात २.७७ प्रतिशत छ ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।