एक्वीजिशन सम्झौता पश्चात रोकियो भार्गव विकास बैंकको शेयर कारोबार

May 15, 2019 Merolagani



भार्गव विकास बैंक (BHBL) को नेपाल स्टक एक्सचेञ्जमा जेठ १ गतेदेखि शेयर कारोबार रोक्का भएको छ । बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग एक्वीजिशनमा जाने सम्झौता गरेपश्चात नेप्सेले बैंकको शेयर कारोबार रोक्का राखेको हो।

शाइन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकले मंगलबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धि विनियमावली २०७३ को विनियम बमोजिम सम्झौता गरेका छन् ।

एक्वीजिशन सम्झौता भएकाले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर कारोबार भने सूचारु नै रहनेछ । मर्जरमा मात्र दुबै बैंकको शेयर कारोबार रोक्का रहने गर्दछ भने एक्वीजिशन सम्झौतामा भने प्राप्ती गर्ने बैंकको शेयर कारोबार खुला हुन्छ भने प्राप्ती (विलय) हुने बैंकको कारोबार रोक्का गरिने व्यवस्था छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।