नेपाल बङ्गलादेश बैंकले जेठ १० देखि ऋणपत्र जारी गर्ने, सबा दश प्रतिशत ब्याजदर

May 16, 2019 Merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) ले यहि जेठ १० गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट “एनबिबि डिबेञ्चर २०८५” निष्काशन गर्न लागेको हो।

निष्काशित ऋणपत्र २ अर्बको २० लाखमध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुनेछ।

दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

ऋणपत्र छिटोमा जेठ १४ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने असार ८ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत हरेक वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न लगाउने नीति अख्तियार गरेको थियो। सोही नीति अनुरुप वाणिज्य बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन्।

ऋणपत्र सबै बैंककाे प्रथामिकतामा 

दीर्घकालीन पूँजी स्रोत जुटाउन ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा एकपछि अर्को गर्दै वाणिज्य बैंकहरु ऋणपत्रलाइ प्रयोग गर्न थालेका छन्। 

बैंकिङ्ग प्रणालीमा कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता कमी भई कर्जायोग्य लगानी रकमको अभाव अझै समाधान हुन सकेको छैन। जसका कारण सबै वाणिज्य बैंकहरूकाे प्रथामिकतामा ऋणपत्र बिक्री परेकाे छ।

कर्जाको उच्च मागका कारण लगानीयोग्य तरलता रकम अभावका कारणले बैंकहरुले पूँजी प्रयाप्तता अनुपात बढाउन तथा व्यवसाय विस्तारका लागि ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका हुन्।

ऋणपत्र निक्षेप संकलनको दिर्घकालीन औजार भएका कारणले पनि बैंकहरुलाई अतिरिक्त पूँजी जुटाउन ऋणपत्र सहयोगी बन्दै आएको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।