नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको खुद नाफा ५९ प्रतिशतले बढ्यो

May 19, 2019 Merolagani



नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको खुद नाफा गत वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा ५९.०१ प्रतिशतले सुधार गरेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा २ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले खुद नाफा १ करोड २७ लाख रुपैयाँले बढाएर ३ करोड ४३ लाख रुपैयाँ पुर्याएको हो ।

बैंकको आम्दानी बढ्दा खुद नाफामा सुधार भएको हो । गत वर्षको यही अवधिमा २ करोड ४५ लाख रुपैयाँ मात्रै आम्दनी गरेको बैंकले यस अवधिमा ३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको हो ।

यस अवधिमा बैंकले ३ अर्ब ३७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड ५६ लाख बराबरको रकम कर्जा परिचालन गरेको छ ।

बैंकले ३१ करोड ७१ लाख ब्याज आम्दानी र १९ करोड ५२ लाख ब्याज खर्च गरी १२ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ८ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ५३ करोड १६ लाख रहेको बैंकको जगेडा कोषमा ५३ करोड १६ लाख रुपैयाँ, संचित छ ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३.२८ बाट १.०९ प्रतिशत झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात १६.८२ गुणा बढी छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।