नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको खुद नाफा ५९ प्रतिशतले बढ्यो

May 19, 2019 Merolagani



नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको खुद नाफा गत वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा ५९.०१ प्रतिशतले सुधार गरेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा २ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले खुद नाफा १ करोड २७ लाख रुपैयाँले बढाएर ३ करोड ४३ लाख रुपैयाँ पुर्याएको हो ।

बैंकको आम्दानी बढ्दा खुद नाफामा सुधार भएको हो । गत वर्षको यही अवधिमा २ करोड ४५ लाख रुपैयाँ मात्रै आम्दनी गरेको बैंकले यस अवधिमा ३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको हो ।

यस अवधिमा बैंकले ३ अर्ब ३७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड ५६ लाख बराबरको रकम कर्जा परिचालन गरेको छ ।

बैंकले ३१ करोड ७१ लाख ब्याज आम्दानी र १९ करोड ५२ लाख ब्याज खर्च गरी १२ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ८ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ५३ करोड १६ लाख रहेको बैंकको जगेडा कोषमा ५३ करोड १६ लाख रुपैयाँ, संचित छ ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३.२८ बाट १.०९ प्रतिशत झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात १६.८२ गुणा बढी छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।