सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो, जगेडा कोष भने आकर्षक

May 22, 2019 Tirtha Raj Poudyal



सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा कम्पनीको खुद बीमाशुल्क आर्जन रकम घटेको छ। बीमा कोष, महाविपत्ति जगेडा, कुल बीमा शुल्क आर्जन र दाबी भुक्तानीमा प्रगति गरेको कम्पनीको खुद नाफामा सामान्य मात्र बढोत्तरी छ ।

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड १० लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ लाख रुपैयाँले मात्र बढी हो।

गत आवको यसै अवधिमा १८ करोड ०४ लाख २० हजार रुपैयाँ खुद नाफा गरेको थियो।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा भने ६१ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन तीन करोड ७१ लाख रुपैयाँले घटेको हो।

कम्पनीले पुर्नबीमा कमिशन वापत २१ करोड ११ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा २७ करोड ४७ लाख रुपैयाँ, बीमा कोषमा ६४ करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको पूँजी २२ करोड ४५ लाख, जगेडा १५ करोड ४० लाख र महाविपत्ति जगेडा एक करोड ६३ लाख रुपैयाँले वृद्धि भएको हो ।

कम्पनीले हाल सम्म ८९ हजार ७८३ वटा बीमालेख जारी गरी एक अर्ब ३४ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा २२ हजार ७९४ वटा बीमालेख नवीकरण भएको छ।

कम्पनीले कुल ४ हजार ९२५ दाबी वापत कम्पनीले ८५ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ५११ दाबी वापत परेको ६० करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८७ पैसा, नेटवर्थ २१५ रुपैयाँ ४६ पैसा, र मूल्य आम्दानी अनुपात २१.७४ गुणा छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।