ढाडमा समस्या देखिएपछि ११ महिनादेखि राणाले अमेरिकामा उपचार गराउदै आएका थिए ।
उनी नेपालका पहिलो होटल उद्यमीको रूपमा चिनिन्छन् ।
सोल्टी होटल, सिप्रदी टे्रडिग, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनल लगायतका कम्पनीहरूको सफलतामा उनको ठूलो योगदान गरेको छ । राणा उक्त कम्पनीहरूको संस्थापकका साथै सञ्चालकको भूमिकामा लामो समय रहे ।
उनी पूवर्राजा ज्ञानेन्द्र शाहका व्यापारिक साझेदार पनि हुन् ।
राणाको अमेरिकाको न्युयोर्कमा दाहसंस्कार गरिने र दाहसंस्कार पछि अस्तु ल्याएर बाँकी अन्त्येष्टिको काम काठमाडौंमा गरिने परिवारिक स्रोतले जनाएको छ ।