युनिभर्सल पावरमा को-को संचालक निर्वाचित भए निर्विरोध ?

Jun 03, 2019 Merolagani

युनिभर्सल पावर कम्पनीका सातै जना संचालक निर्बिरोध रुपमा निर्वाचित भएका छन ।सोमबार काठमाडौमा भएको साधारणसभाले सँस्थापक समुहबाट ४ जना र सर्बसाधारण शेयरधनीको तर्फबाट एक महिलासहित ३ जना सञ्चालक निर्वाचित गरेको हो ।

संस्थापक शेयरधनीहरुको तर्फबाट निर बहादुर बुढाथोकि, गोकर्ण पराजुली, उत्तम ब्लोन लामा, र विनयकुमार भण्डारी निर्वचित भएका छन भने सर्बसाधारण शेयरधनीको तर्फबाट महिला सञ्चालक लक्ष्मी पौडेलसहित प्रभुलालअधिकारी र भोज कुमार खड्का निर्वाचित भएका हुन ।

त्यस्तै कम्पनीको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ भने आर्थिक बर्ष २०७५ ७६ को लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिकक समेत तोकेको छ ।

दोलखामा ११ मेगावट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले हालै ९३ लाख कित्ता आइपीओ बिक्री गरी फागुन १५ गते बाँडफाँड गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।