चौतारी र आरम्भ लघुवित्त गाभिने

Jun 05, 2019 Merolagani



रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स एक आपसमा गाभिने भएका छन् ।

दुबै लघुवित्त एक बराबर एक अनुपातमा शेयर स्वाप रेसियोमा गाभिने र एकीकृत संस्थाको नाम आरम्भ चौतारी लघुवित्त रहने बताइएको छ। 

नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृत चौतारीका लक्ष्मण घिमिरे रहनेछन् भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

आईपिओ निष्काशन पश्चात आरम्भ माइक्रोफाइनान्सको चुक्ता पूँजी ६ करोड र चौतारी लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १८ करोड ६० लाख रहेको छ । एकीकृत संस्थाको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ।

केही समय अघि आईपिओ निष्काशन गरेका दुबै कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भैरहेको छ । जेठ २१ गते मंगलबार नेप्सेमा आरम्भको शेयर प्रतिकित्ता ५२९ रुपैयाँ र चौतारीको ४४२ रुपैयाँमा कारोबार छ ।

चौतारी लघुवित्तले लुम्बिनी र राप्ती अञ्चलका १५ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ। यसैगरि आरम्भले १५ वटा जिल्लालाई १६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।