चौतारी र आरम्भले आफुमा अरु लघुवित्तलाई पनि मिलाउने

Jun 05, 2019 Merolagani



रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एक आपसमा गाभिने सम्झौता गरेकै दिन थप मर्जरमा जाने घोषणा समेत गरेका छन् ।

केही महिना अगाडि मात्रै प्राथमिक शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी र आरम्भले राष्ट्र बैंकको निर्देशनपछि मर्जरको बाटोमा पुगेका हुन्। दुई लघुवित्त गाभिएपछि बनेको आरम्भ चौतारी लघुवित्त राष्ट्रिय स्तरको बन्नेछ ।हाल चौतारी लघुवित्तले प्रयोग गर्दे आइरहेको लोगो नै प्रयोग गरिने बताइएको छ।

चौतारी र आरम्भले सम्झौता भएको तीन महिनाभित्र संयुक्त कारोबार थाल्ने कार्यतालिका बनाएर अगाडि बढ्ने सम्झौता छ। 

यसअघि आरम्भले हकप्रद जारी गरि पूँजी वृद्धि गर्ने प्रस्ताव साधारणसभाबाटै पारित गराएको थियो तर हकप्रद निष्काशनमा राष्ट्र बैंकले अंकुश लगाएपछि वैकल्पिक बाटो अंगालेको हो। यसअघि आरम्भ ७० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णयमा पुगेको थियो ।

मर्जर सम्झौताका क्रममा चौतारीका अध्यक्ष जगत पोखरेलले माइक्रोफाइनान्स कम्पनीमा डुब्लिकेशन, मल्टिफाइनान्सिङ जस्ता समस्या देखिएकाले मर्जरपश्चात अनावश्यक भार खेप्नुपरेको अवस्था सहज हुने बताए । साथै उनले यो मर्जर पश्चात अझै उपयुक्त थप संस्थाहरुसँग मर्जर वा प्राप्तीमा जाने बताउँदै तीन चार वर्षभित्र नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त बन्ने दाबी गरे ।

दुबै लघुवित्त एक बराबर एक  शेयर स्वाप रेसियोमा गाभिने र एकीकृत संस्थाको नाम आरम्भ चौतारी लघुवित्त रहने छ। आरम्भको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ भने चौतारीको १८ करोड ६० लाख छ । नयाँ बन्ने लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ। यस्तै संस्थापक शेयर ६३.६६ प्रतिशत र साधारण शेयरको अनुपात ३६.३४ प्रतिशत कायम रहनेछ । 

चौतारी र आरम्भ दुवैले १५/१५ जिल्लामा आफ्नो सेवा संचालन गरिरहेका छन् ।वित्तीय संस्थाले तत्काल ३० जिल्लाका ७७ शाखा मार्फत करिब ३० हजार महिला सदस्यमा सेवा प्रवाह गर्नेछ । दुबै संस्थाको लगानीमा रहेको कर्जा एक अर्ब ९५ करोड र ६० करोड बचत रहेको छ ।

नयाँ संस्थाको अध्यक्षमा चौतारीका जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे रहनेछन्। सञ्चालक समितिमा चौतारीको अध्यक्षसहिच ४ जना र आरम्भ माइक्रोफाइनान्सको २ जना रहनेछन्। 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।