बढ्यो बैंकहरुको ऋणपत्र बिक्री, अझै कति आउँदैछन् ?

Jun 13, 2019 merolagani

- सुरेन्द्र थापा।
लगातार लगानीयोग्य रकम अभावको सामना गरेका बाणिज्य बैंकहरुले यस बर्ष भने ऋणपत्र बिक्री तीब्र पारे तर पनि समस्या समाधान भएको छैन। 

चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आठ वाणिज्य बैंकले साढे १९ अर्ब बढी रकम ऋणपत्र बिक्री गरेर बजारबाट पैसा  उठाएका छन् । बैंकहरुले संकलन गरेको निक्षेपबाट मात्र कर्जाको माग धान्न नसकेपछि थप स्रोत जुटाउने क्रममा बैंकहरुले ऋणपत्र बिक्रीलाई प्राथमिकता दिएका हुन ।

ऋणपत्रबाट संकलन गरेको पूँजी बैंकहरुले कर्जा सापटी, तरलता व्यवस्थापन र कार्यालय विस्तारमा लगानी गर्दै आएका छन् । ऋणपत्रको पूँजी सीसीडीमा गणना हुने भएपछि बैंकहरुको ऋण दिने क्षमता बढ्छ ।

राष्ट्र बैंकले स्रोत अभाव हुन नदिन विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याउन सक्ने व्यवस्था गरेपनि एक-दुई बाहेक अन्यले लाभ लिन सकेनन् । यसैले पनि पछिल्लो समयमा स्रोत जुटाउने अस्त्रको रुपमा बैंकहरुले ऋणपत्र निष्कासनलाई प्राथमिकता दिएका हुन । 

धितोपत्र बोर्डका अनुसार एनआईसिए, एनएमबि, सिद्धार्थ, सानिमा, नेपाल बंगलादेश, इन्भेष्टमेन्ट, ग्लोबल आइएमई र सनराइज बैंकलेगरी कुल १९ अर्ब ५८ करोडको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका छन् । यी मध्ये अधिकांसले ऋणपत्र बिक्री गरिसकेका छन भने केहि बैंकको बिक्री खुला भइरहेको छ ।


६ वाणिज्य बैंकले करिब १६ अर्ब बराबरको ऋणपत्र निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेका छन् । कर्जा लगानीका लागि थप स्रोत जुटाउन आधा दर्जन वाणिज्य बैंकहरु ऋणपत्र निष्कासनको क्रममा रहेका छन् । एनआइसिए, माछापुच्छ्रे, हिमालयन, सिद्धार्थ, लक्ष्मी र प्रभु बैंकले ऋणपत्र निष्कासनको माग गर्दे बोर्डमा आवेदन गरेका छन् ।

यी ६ बैंकले कुल १५ अर्ब ९० करोडको ऋणपत्र निष्कासन गर्नेछन । ७ देखि १० बर्षे ऋणपत्रमा बैंकहरुले न्यूनतम दश प्रतिशतदेखि १०.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् ।

चालु आर्थिक वर्षमा १० देखि ११ प्रतिशत ब्याजदरमामा दुई पटक गरी ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिसकेको एनआईसीले पुन ७ वर्षे अवधिको चार अर्ब ४० करोडको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ ।

 

वाणिज्य बैंकहरुले जारी गर्ने यस्ता ऋणपत्रहरुको कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई लगानकीका लागि सुरक्षित गरिएको हुन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले लगानी जुटाउन ऋणपत्रमा पनि जोड दिनुपर्ने बताउँदै आएका छन् । यस्ता वित्तीय औजारहरुले वन्ड मार्केट, तरलता र शेयर बजारलाई सन्तुलनमा राख्ने उनको भनाई छ ।

ऋणपत्र के हो ?

ऋणपत्रको सीधा अर्थ दीर्घकालीन लगानीका लागि सरकार वा निजी संस्थाहरूले निश्चित ब्याजदरमा जारी गर्ने धितोपत्र हो । नेपालमा सरकारीतर्फबाट ट्रेजरी बिल, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, वैदेशिक रोजगार बचतपत्रजस्ता उपकरणमार्फत सरकारले पैसा प्राप्त गर्ने गरेको छ ।

निजीक्षेत्रका कम्पनी खासगरी बैंकले पनि डिबेञ्चरमार्फत दीर्घकालीन लगानी जुटाउने गरेका छन् । कूल ऋण पूँजीलाई सर्वसाधरण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको हुन्छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि यो ऋण पत्र लगानीको उत्तम विकल्प हुने देखिएको छ ।

ऋणपत्र खरीद गर्दा लगानीकर्तालाई हुने फाइदा

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी)ले कम जोखिममा वार्षिक रुपमा निश्चित प्रतिशत ब्याज प्राप्त गर्न सक्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरुमा भईंरहने ब्याज दर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानमा गएको बर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचिकृत हुने हुदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

किन निष्कासन गर्छन बैंकहरु ऋणपत्र ?

पछिल्लो समयमा बैंकहरुमा जोखिम बढदै जान थालेपछि विश्वव्यापि रुपमा नै वित्तीय संस्थाहरुको पूँजी सृदृढिकरणलाई प्राथमिकता दिन थालिएको छ ।  बैंकिङ सुपरिवेक्षण एवं जोखिम नियन्त्रण सम्वन्धमा क्रियाशिल वासेल समूहले पनि पूँजी पर्याप्तलाई जोड दिने गरेको छ । नेपालको सन्दर्भमा वाणिज्य बैंकहरुको पूँजी पर्याप्त एघार प्रतिशत हुनुपर्छ ।

नगद लाभांश वितरण गर्दा बैंकको नगद शेयरधनीमा जाने भएकाले पूँजी कोष घट्न गइ पूँजी प्रयाप्तता अनुपात घट्छ । पूँजी प्रयाप्तता घटेपछि बैंकरुको कर्जा विस्तारमा समस्या हुने गर्छ । पूँजी प्रर्याप्तताले बैंककोे जोखिम धान्न सक्ने क्षमतालाई देखाउनुका साथै निक्षेपकर्ताको निक्षेप सुरक्षणको जानकारी पनि दिन्छ ।
ऋणपत्र बजारको संभावना

नेपालमा विशेष गरी बैंकहरुले पूँजी पर्याप्तता कायम गर्नका लागि डिबेञ्चर जारी गर्ने बाहेक निजी क्षेत्रबाट यस प्रकारका ऋणपत्र जारी हुन सकेका छैनन् । सरकारले सरकारले ऋणपत्र बजारको विकासका लागि आवश्यक पहल नगर्दा ऋणपत्र बजार बैंकिङ क्षेत्रमै सिमित हुन पुगेको छ । जसले गर्दा पूँजी बजारको विकास समेत अपेक्षित हुन सकेको छैन । पूँजी बजारको विकास नहुँदा पूर्वाधारमा लगानी गर्न पूँजीको अभाव छ भने वित्तीय प्रणालीमा समेत तरलताको उतार–चढाव भइरहन्छ ।

ऋणपत्र बिक्री गर्नै मुस्किल

सरकार र निजी क्षेत्रले सर्वसाधारणलाई ऋणपत्रका बारेमा बुझाउन नसक्दा ऋणपत्र बिक्री गर्न बैंकहरुलाई कठिनाई हुने गरेको छ । यसअघि ऋणपत्र जारी गरेका एनआईसि एशिया, एनएमबि, सिद्धार्थ, इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई बैंकको ऋणपत्र सहज रुपमा बिक्री नहुनाले  पनि प्रष्ट गर्छ ।

प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दा जुन किसिमको उत्सुकता लगानीकर्तामा देखिन्छ ऋणपत्रमा त्यस प्रकारको चासो र चर्चा सर्वसाधारणमा नहुनाले  पनि ऋणपत्रको बजार विस्तार हुन सकेको छैन । ऋणपत्र किन्दा निक्षेपकर्तालाई बैंकमा भन्दा बढी व्याज प्राप्त हुन्छ भने उद्योगीले सस्तो व्याजदरमा ऋण पाउँछन् । तर यस विषयमा प्रयाप्त जानकारी नहुँदा बैंकहरुका ऋणपत्र समेत बिक्रीमा कठिनाई देखिने गरेको छ ।

एनआईसी एशिया बैंकले यस अघि निष्कासन गरेको चार अर्बको ऋणपत्र ६१ प्रतिशत मात्र बिक्री भएको थियो । बैंकले चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेकोमा दुई अर्ब ४५ करोड रुपैयाँको मात्र ऋणपत्र बिक्री हुनसक्यो ।

सनराइज बैंकले निष्कासन गरेको एक अर्ब रुपैयाँको ऋणपत्र लगभग सबै बिक्री भयो । तर साधारणतर्फको ऋणपत्र भने ३६ प्रतिशत भन्दा बढी बिक्री हुन सकेन । सनराइजले दश प्रतिशत ब्याजदरमा एक अर्ब रुपैयाँको ‘सनराइज डिवेन्चर २०८०’ गत चैत २० गतेदेखि निष्कासन गरेको थियो।

एनएमबि बैंकले फागुन ३० गते देखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख युनिट ऋणपत्र निष्काशन गरेको थियो। उक्त ऋणपत्र बिक्री गर्न पनि बैंकलाई कठिनाई पर्यो । यसमा पनि सर्वसाधारणतर्फको ऋणपत्र पुरै बिक्री भएन । बैंकले चैत २० गते देखि २५ गते सम्म एक अर्ब रुपैयाँ बराबरको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको थियो ।

ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १०.२५ प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको एक अर्ब ५० करोड रुपैयाँ बराबरको कूल १५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।

अहिले इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको ऋणपत्रको बिक्री खुलेको छ । यी बैंकहरुको ऋणपत्रका लागि पनि आवश्यक आवेदन पर्न नसकेको शेयर निष्कासन तथा बिक्री प्रबन्धकहरुले बताएका छन् ।

बैंकको निक्षेपमा भन्दा ऋणपत्रमा बढी व्याज पाइने मात्र होइन, ऋणपत्रलाई दोस्रो बजारमा शेयर जस्तै किनबेच गर्न पनि सकिन्छ । ऋणपत्रको निष्काशन र दोस्रो बजारमा कारोबारका लागि कानूनी व्यवस्था एवम् भौतिक पूर्वाधार तयार छन् । तरपनि, शेयर जस्तो दोस्रो बजारमा ऋणपत्रको कारोबार हुन भने अझै सकेको छैन ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।