काठमाडौं जिल्ला बार निर्वाचन: आर सी विमलको सचिवमा उम्मेदवारी

Jun 13, 2019 Merolagani

काठमाडौं जिल्ला अदालत बार एशोसिएसन कार्यसमितिको सचिव पदका लागि आन्तरिक प्रतिस्पर्धाका लागि अधिवक्ता रामचन्द्र पौडेल (आरसी बिमल) ले उम्मेदवारी दिएका छन्।

पौडेलले डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट सो उम्मेदवारी दिएका हुन्।

लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्दै” हाम्रो वार राम्रो” भन्ने मुल नाराका साथ डेमोक्याटिक एशोसियसनको आन्तरिक निर्वाचन जेठ ३२ गते शनिबार काठमाडौं डिल्लीबजार स्थित नेपाल संस्कृति भवनमा हुँदैछ।

अधिवक्ता आर सी बिमलले पेशागत मर्यादा कायम गदै व्यवसायिक दक्षता अभिवृद्धि गर्न र पेशामा स्थापित गराउन वैचारिक नेतृत्व आवश्यक रहेका बताए। बारको गरिमालाई जोगाउनका निम्ति आफ्नो उम्मेदवारीले सहयोग पुग्ने पौडेलको दाबी छ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।