सगरमाथा इन्स्योरेन्स र कामना सेवा बैंकको शेयरमूल्य समायोजन

Jun 16, 2019 Merolagani

सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको असार १ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । दुबैको गत आवको नाफाबाट वितरण गर्न प्रस्तावि बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१ रुपैयाँ ७२ पैसामा शेयरमूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको नेप्सेमा कारोबार भएको १८० दिनको शेयरमूल्यको आधारमा औसत आधारमूल्य एक हजार १५ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । 

यसैगरि कामना सेवा विकास बैंक पनि १.५० प्रतिशत बोनसपछि प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा समायोजित शेयरमूल्य कायम गरिएको छ ।

नेप्सेले बैंकको औसत आधारमूल्य १६९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

सगरमाथा  इन्स्योरेन्सले उक्त बोनस पारित गर्न असार १३ गते २२ औं र कामना सेवा विकास बैंकले असार १४ गते १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।