सगरमाथा इन्स्योरेन्सले बोनसबाटै पूँजी पुर्याउने, असार १३ गते साधारण सभा

Jun 11, 2019 merolagani



सगरमाथा इन्स्योरेन्स(SIC) ले गत आर्थिक बर्ष २०७४/०७५ को बोनस शेयर वितरण गरेर बीमा समितिले तोके बमोजिमको एक अर्ब चुक्ता पूँजी कायम गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८६ प्रतिशत बोनस पारित गर्न असार १३ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ।

साथै कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठककाे प्रस्ताव अनुसार ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँको बराबरको बोनस वितरण हुनेछ । बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने हुन्छ।

कम्पनीले असार १ देखि शेयर दाखिला खारेज गर्ने भएको छ । यस अनुसार जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इन्स्योरेन्सका शेयरधनीले मात्र गत आवको बोनस तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

यसैगरी सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३, सर्वसाधारणबाट २,  विदेशी लगानीकर्ता र स्वतन्त्र ११ जना र एक महिला सहित कूल ७ जना सञ्चालक कायम गर्ने, संस्थागत समाजिक उत्तरदायित्वको खर्च, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका मुख्य एजेण्डा छन्।

हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरुप चुक्तापूँजी १ अर्ब १२ लाख रुपैयाँ पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।