नेपाल पुर्नर्बीमा कम्पनीको १६० करोडको आईपीओको रेटिङ्ग सम्पन्न

Jun 28, 2019 11:46 AM Merolagani



नेपाल पुर्नर्बीमा कम्पनीले १६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्न रेटिङ्ग कम्पनी इक्रा नेपालबाट रेटिङ्ग सम्पन्न गरेको छ। कम्पनीले सार्वजनिक निष्काशन पूर्व आईपिओको रेटिङ्ग गराएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको एक करोड ६० लाख कित्ता आईपिओलाई इक्रा नेपालले ‘ इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ।

इक्रा नेपालले प्रदान गरेको ग्रेड २’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ । 

कम्पनीको जेठ ३१ गते चौथो वार्षिक साधारण सकिएपछि आईपिओ निष्काशनको थप प्रकृया अघि बढेको हो । यस अघि नै कम्पनीले शेयर निष्काशनका लागि आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरी सकेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

कम्पनी राजिष्ट्रार र धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपिओ जारी हुने पुर्नबीमा कम्पनीले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।