सानिमासँग प्रतिस्पर्धा गर्न खोज्दाखोज्दै पछि परेको सिटिजन्स बैंकले आफुमा यसरी गर्यो सुधार

Jul 21, 2019 08:50 AM Merolagani



सानिमा बैंकसँग प्रतिस्पर्धामा उत्रिन खोज्दाखोेज्दै पछि परेको सिटिजन्स बैंकले पछिल्लो समयमा आफुलाई सुधार्ने प्रयास गरेको गत बर्षको चौथाे त्रैमाशिक प्रतिबेदनमा देखिएको छ।

बैंकले निक्षेप वृद्धि गरी कर्जा विस्तारसँगैै निस्क्रिय कर्जा घटाउन सक्नु, सीसीडी अनुपात सुधार गर्नु, खुद नाफा र प्रतिशेयर आम्दानीमा समेत बढोत्तरी गर्नु सकारात्मक पक्षहरु हुन्।

हेरौ सिटिजन्स बैंकको प्रगतिको तुलनात्मक अध्ययनः

नोटः तुलनात्मक विवरणमा यस अघि बैंकको नाम फरक पर्न गएकाले सच्याईएको छ । 

बैंकको कोषको लागत महंगो हुँदा आधार ब्याजदर माथि नै रहेको छ भने स्प्रेडदर निकै तल रहेको देखिन्छ, जसले आम्दानी बढाउँन बाधा सिर्जना गरेको मान्नुपर्छ ।

सिटिजन्सले आफुमा मिलाएका फाईनान्सहरुका कारणले कही समय प्रगति मन्द भएको थियो तर पछिल्लो समय उसले आफुमा सुधार ल्याउन निकै प्रयास गरेको देखिन्छ। एक समय सानिमा जत्तिकै लाभांश र पूँजी बृद्धिका औजार उपयोग गरेर  उसले आफुलाई प्रतिस्पर्धामा उतार्ने प्रयास गरेको थियो । निक्षेप, कर्जा, खुद नाफा र निस्क्रिय कर्जा अनुपात, लाभांशमा उ सानिमा भन्दा पछि परेको थियो । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।