बीमा क्षेत्रमा नेपाल लाईफ र शिखर नै किन भए सबैभन्दा अगाडि ?

Jul 22, 2019 10:05 AM Merolagani

अरुण पाख्रेन । 

नेपालको बीमा क्षेत्रमा जीवन बीमा तर्फ नेपाल लाईफ र निर्जिवनतर्फ शिखर ईन्स्योरेन्स सबैलाई उछिनेर लगातार अघि बढेका छन् भने केहीको अबस्था कमजोर नै रहेको गत बर्षको बीमा शुल्क आर्जनको तथ्यांकले देखाएको छ । 

जीवन बीमा ब्यवसायतर्फ १९ वटा कम्पनीहरुले जम्मा ७६ अर्बको बीमा शुल्क आर्जन गरेकोमा नेपाल लाईफ एक्लैको २२ अर्ब भन्दा बढी छ भने निर्जिवन २० वटा कम्पनीले जम्मा २५ अर्ब बीमा शुल्क आर्जन गरेकोमा शिखरको मात्र्रै तीन अर्ब ५२ करोड भन्दा बढी छ । 

बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले २९ अर्ब २६ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ३९ अर्ब ५९ करोड रुपैयाँ नवीकरण शुल्क संकलन गरेका हुन ।

समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब १ करोड रुपैयाँ प्रथम बीमा शुल्क र १३ अर्ब ८५ करोड रुपैयाँ नविकरण शुल्क गरी कुल २२ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

एलआईसी नेपालले ४ अर्ब ४९ करोड रुपैयाँको प्रथम बीमा शुल्क र ९ अर्ब १५ करोड रुपैयाँ नवीकरण शुल्क आर्जन गरेको छ । एलआइसीले कुल १३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
यस्तै मेट लाइफ इनस्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब रुपैयाँ भन्दा बढीको बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी नयाँ संचालनमा आएका युनियन लाइफ इन्स्योरेन्सले आफ्नो आगमनलाई दमदार रुपमा प्रस्तुत गरेको छ । पुराना कम्पनीहरुलाई चुनौति दिदै युनियन लाइफ २ अर्ब ७२ करोड रुपैयाँ रुपैयाँ कुल बीमा  शुल्क संकलन गरेको हो । इन्स्योरेन्सले २ अर्ब ४६ करोड प्रथम बीमा शुलक र २५ करोड २८ लाख नविकरण शुल्क आर्जन गरेको छ ।

युनियन लाइफले संकलन गरेको बीमा शुल्क पुरानो जीवन बीमा कम्पनीहरु सूर्या लाइफ, गुराँस लाइफको भन्दा धेरै हो । यस अवधिमा सूर्या लाइफले २ अर्ब २९ लाख र गुराँस लाइफले १ अर्ब ९४ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा कान्छो महालक्ष्मी लाइफले २० करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।

निर्जीवन तर्फ शिखर इस्योरेन्स अघि

गत आर्थिक वर्ष २०७५/७६ मा २० निर्जीवन बीमा कम्पनीहरु मध्ये कूल बीमा शुल्क संकलनको आधारमा शिखर इन्स्योरेन्सले अरूलाइ उछिनेकाे छ । शिखरले सबै भन्दा धेरै कुल तीन अर्ब ५१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

यस्तै सगरमाथा इन्स्योरेन्स दुई अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सबै भन्दा कम सानिमा जनरल इन्स्योरेन्स १९ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुबाट कुल २५ अर्ब ७० करोड रुपयाँ कुल बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।

nonlife

 

 

कोही शिखर चढ्दैछन्, कोही भूईबाट उठ्न सकेका छैनन् 

धेरै शाखा संजाल र आक्रामक ब्यवसाय बिस्तारको रणनीतिले पुराना कम्पनीहरु नेपाल लाईफ कसैले भेट्टाउँन नसक्ने गरी अगाडि बढेको छ भने शिखर पनि आफ्नो मजबुत अबस्थालाई सुदृढ गर्दै झन् शिखर चढ्दै छ । 

७२ बर्ष पुरानो ईतिहास बोकेको भए पनि नेपाल ईन्स्योरेन्सले निर्जिवन बीमा क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकेको छैन भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पनि हालत त्यति धेरै सुधार हुन सकेको छैन ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।