नेशनल माइक्रोको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ, ५३ प्रतिशतले बढ्यो नाफा

Jul 23, 2019 09:44 AM Merolagani

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था (NMFBS) ले व्यवसायको विस्तारसँगै आफ्नो वित्तीय विवरणमा आकर्षक प्रगति हासिल गरेको छ। मंगलबार सार्वजनिक भएको कम्पनीको विवरणमा प्रतिशेयर आम्दानी एक वर्ष अवधिमा ३० रुपैयाँ बढीले  बढाएर ८७ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

यस्तै लघुवित्तले कमाई सँगसँगै जगेडा कोष पनि मजबुत बनाउँदै लगेको छ। १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २४ करोड १२ लाख सञ्चित छ। 

अघिल्लो आवको यसै अवधिमा कम्पनीसँग १२ करोड २८ लाखको जगेडा कोष रहेकामा एक वर्षको अवधिमा संस्थाले जगेडा कोषमा पनि झण्डै दोब्बर बढाएको हो।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद मुनाफा ५३.२८ प्रतिशतले बढाएको छ। बैंकले गत असार सम्ममा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो बर्षको भन्दा ४ करोड ५६ लाख बढी हो। अघिल्लो वर्ष नेशनलले ८ करोड ५७ लाख कमाएको थियो।

कम्पनीको संचालन मुनाफा, खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी तथा नियमित कारोबारको कमाईमा आएको सुधारले नाफा बढेको हो।

खराब कर्जाको अनुपात केही बढ्दा पनि कम्पनीको नोक्सानी व्यवस्था बढेको छ । उसको खराब कर्जा ०.९२ बाट १.४३ प्रतिशतमा बढेको छ । जसले सम्भावित जोखिम व्यवस्थापनमा ३ करोड १७ लाख व्यवस्था गरेकोे छ।

१ अर्ब २८ करोड निक्षेप संकलन र २ अर्ब २८ करोड कर्जा सापटी लिएको माइक्रोफाइनान्सले ३ अर्ब ६६ करोड कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीको खुद ब्याज आम्दानी साढे ५४ प्रतिशतले बढेर दुई करोड ६६ लाख आर्जन गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।