गणपति माइक्रोफाइनान्स व्यवसायमा आक्रमक बन्दा इपिएसमा आकर्षक बढोत्तरी

Jul 29, 2019 09:57 AM Merolagani



गणपति माइक्रोफाइनान्स (GMFBS) ले गत आर्थिक वर्षमा आफ्नो निक्षेप संकलन र कर्जा प्रवाहलाई तीब्रता दिँदा लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि देखिएको छ। नाफामा भएको वृद्धिसँगै अघिल्लो आवमा ३ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी (इपिएस) २९ रुपैयाँ ४५ पैसा कायम भएको हो।

लघुवित्तले आव २०७५/०७६ मा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा फाइनान्स २७ लाख २२ हजार नोक्सानीमा थियो।

वित्तीय विवरणमा लघुवित्तले निक्षेप र कर्जा परिचालन क्रमश ९० र ६४ प्रतिशतले बढाएको छ। पूँजी कोष अनुपातमा वृद्धि, खराब कर्जामा सुधार र कोषको लागत घट्नु सकारात्मक पक्ष छन् भने ऋणात्मक सूचकमा देखिएको आकर्षक बढोत्तरीले लघुवित्तका शेयरधनीमा आशाको सञ्चार थपेको छ। यद्यपी अन्य लघुवित्तसँगको प्रतिस्पर्धामा अब संस्था कसरी अगाडि बढ्छ त्यसअनुसार नै कम्पनीले गर्ने प्रगति निर्भर रहने देखिन्छ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले २३ करोड ७२ लाख निक्षेप संकलन, बैंक तथा वित्तीय संस्थाहरुबाट ५८ करोड ९९ लाख रुपैयाँ सापटी लिएर ८७ करोड ७५ कर्जा लगानी गरेको छ।

व्यवसाय विस्तारले खुद ब्याज आम्दानीमा १५७ प्रतिशतले वृद्धि भई ६ करोड आर्जन गरेको छ भने खर्चपछिको सञ्चालक नाफा ३ करोड ७३ लाख छ। अघिल्लो आवमा २८ लाख सञ्चालन नोक्सानी थियो।

गत बैशाखामा तीन लाख ३५ हजार कित्ता प्राथमिक शेयर (आईपिओ) जारी गरेर १० करोड ३५ लाख चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा एक करोड ७१ लाख सञ्चित छ।

यस्तै खराब कर्जा अनुपात०.६९ प्रतिशत, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५७ पैसा तथा मूल्य आम्दानी अनुपात १५.१४ गुणा छ।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।