डिप्रोक्स लघुवित्त पनि मर्जरमा तात्यो, मर्जर कमिटी गठन

Aug 02, 2019 01:22 PM Merolagani



वाणिज्य बैंक तथा विकास बैंकहरुमा मर्जरको लहर चलिरहँदा पछि सो लहर पछिल्लो समय लघुवित्त कम्पनीहरुमा सरेको छ। डिप्रोक्स लघुवित्त (DDBL) ले पनि मर्जरमा जानको लागि मर्जर कमिटी गठन गरेको छ। लघुवित्त कम्पनीहरुमध्येको सबलमा पर्ने डिप्रोक्स पनि मर्जरतर्फ अघि बढेको हो।

लघुवित्त सञ्चालक समितिको साउन १६ गते सम्पन्न २५० औं बैंठकले मर्जर तथा एक्वीजिशन प्रयोजनको लागि मर्जर कमिटी गठन गरेको हो। 

मर्जर तथा एक्वीजिशन प्रयोजनको लागि सञ्चालक यज्ञप्रसाद शर्माको संयोजकत्वमा चार सदस्यीय कमिटी गठन भएको छ।

अन्य सदस्यहरुमा सञ्चालकद्धय भृगुऋषि दुवाडी, रमेशकुमार रघुवंशी तथा  प्रमुख कार्यकारी अधिकृत अमराज खड्का सदस्य सचिवको रुपमा रहेका छन्।

पछिल्लो समय मेरो माइक्रोफाइनान्स, आशा लघुवित्त लगायतले यस अघि नै मर्जर कमिटी गठन गरिसकेका छन्।

राष्ट्र बैंकले बैक तथा वित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउन चालेको मर्जर तथा एक्वीजिसन सम्बन्धि नीति बमोजिम लघुवित्तले पनि मर्जर तथा एक्वीजिसनको लागि बाटो रोजेका हुन्।

बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) ले सक्षम र मर्जरमा गई पुँजी बढाउने लघुवित्त कम्पनीहरु विकास बैंकमा स्तरोन्नति हुन सक्ने व्यवस्था हुन लागेको सुचना सार्वजनिक भएसंगै लघुवित्त कम्पनीहरु मर्जरको बाटो तर्फ आकर्षित भएका हुन्।

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा २८ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस अवधि सम्ममा ७७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ११ पैसा र खराब कर्जा अनुपात ०.८८ प्रतिशत छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।