साना किसान लघुवित्त प्रगतिउन्मुख, ६२ रुपैयाँ ४७ पैसा प्रतिशेयर आम्दानी कायम

Aug 13, 2019 08:35 AM Tirtha Raj Poudyal



साना किसान विकास लघुवित्त संस्था (SKBBL) ले प्रगतिलाई कायम राख्दै मंगलबार आर्थिक वर्ष २०७५।०७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ। कोषको लागत र कर्मचारी वृद्धिको बाबजुत कम्पनीले आफ्नो खुद नाफा करिब २५ प्रतिशत बढाएर ६२ रुपैयाँ ४७ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ।

गत आर्थिक वर्षमा लघुवित्तले ४९ करोड १० लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.९२ प्रतिशत अर्थात ९ करोड ७९ लाख रुपैयाँले धेरै हो।

अघिल्लो आवमा लघुवित्तको खुद नाफा ३९ करोड ३० लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवमा लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ रहेको थियो। 

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले अघिल्लो आवको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुबाट लिने सापटी रकम १२ प्रतिशतले वृद्धि गरी १५ अर्ब ६५ करोड निक्षेप सापटी लिएको छ। यस्तै कम्पनीले कर्जा लगानी २१ प्रतिशतले बढाएको छ। असार मसान्तसम्ममा २० अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी २२ प्रतिशत धेरैले वृद्धि भई ९१ करोड ८९ लाख आर्जन गरेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी ७५ करोड १० लाख थियो ।

ब्याज आम्दानीमा सुधार र सञ्चालन मुनाफामा बढोत्तरी हुदाँ लघुवित्तको खुद नाफा बढेको हो।लघुवित्तको सञ्चालन नाफा २५ प्रतिशतले बढेर ७७ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको खराब कर्जा अनुपात ०.०८ प्रतिशत, निक्षेप संकलन लागत ५.९०, प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १५.१८ गुणा छ । चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँमा स्थिर रहेको लघुवित्तको जगेडा कोषमा ४१ प्रतिशतले सुधानर भई एक अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।