सूर्या लाइफको बोनस सूचीकृत

Aug 13, 2019 03:09 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को बोनस साउन २८ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १३ लाख ५८ हजार २८० कित्ता बोनस शेयर दोस्रोबजारमा कारोबार गर्न मिल्नेगरी मंगलबार सूचीकरण गरेको हो।

सूर्या लाइफको गत असार ११ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँ बराबरको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस पारित भएको थियो।

साधारण सभाका लागि जेठ २८ गते बुकक्लोज गरेकाले सोभन्दा अघिल्लो दिनसम्म कायम रहेका कम्पनीका शेयरधनीले उक्त बोनस पाउनेछन्।

कम्पनीले बोनस पश्चात कायम चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद भदौ ८ गतेदेखि निष्काशन गर्दैछ । जसका लागि कम्पनीले साउन २८ गते बुकक्लोज गर्दैछ। यस हकप्रदमा मंगलबारसम्म कायम रहेका शेयरधनीले आवेदन दिन पाउनेछन्।

सूर्या लाइफले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

बोनस पश्चात १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।