सूर्या लाइफको बोनस सूचीकृत

Aug 13, 2019 03:09 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को बोनस साउन २८ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १३ लाख ५८ हजार २८० कित्ता बोनस शेयर दोस्रोबजारमा कारोबार गर्न मिल्नेगरी मंगलबार सूचीकरण गरेको हो।

सूर्या लाइफको गत असार ११ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँ बराबरको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस पारित भएको थियो।

साधारण सभाका लागि जेठ २८ गते बुकक्लोज गरेकाले सोभन्दा अघिल्लो दिनसम्म कायम रहेका कम्पनीका शेयरधनीले उक्त बोनस पाउनेछन्।

कम्पनीले बोनस पश्चात कायम चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद भदौ ८ गतेदेखि निष्काशन गर्दैछ । जसका लागि कम्पनीले साउन २८ गते बुकक्लोज गर्दैछ। यस हकप्रदमा मंगलबारसम्म कायम रहेका शेयरधनीले आवेदन दिन पाउनेछन्।

सूर्या लाइफले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

बोनस पश्चात १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।