लगानीकर्तालाई खुल्यो एभरेष्ट इन्स्योरेन्सको शेयर लिलामीमा किन्ने अवसर

Aug 14, 2019 11:31 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) को ५ लाख २९ हजार ७८० कित्ता शेयरको लिलामी आजदेखि (साउन २९ गते) खुला भएको छ । यससँगै दोस्रो बजारभन्दा कम मूल्यमा बोलकबोल गरि शेयर लिलामीमा किन्ने अवसर लगानीकर्ताहरुलाई प्राप्त भएको छ।

इन्स्योरेन्सले गत जेठ १४ गते देखि असार १६ गते बिक्रीमा ल्याएकोमा हकप्रदमा बिक्री नभएर बाँकी रहेको उक्त शेयर लिलामी मार्फत बिक्रीमा आउने भएको हो।

इन्स्योरेन्सले संस्थापक तर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारण तर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको हो। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ । यस्तै सिद्धार्थ बैंकको विराटनगर, वित्र्तामोड, वीरगञ्ज, जनकपुर,, हेटौंडा, नारायगढ, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालहरुबाट समेत बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबैं समुहतर्फको लागि न्युनतम एक सय कित्ता वा त्यस भन्दा बढीको लागि १० अंकले भाग जाने संख्याको लागि आबेदन गर्न सकिनेछ। अधिकत्तम सबै कित्ताको लागि बोलपत्र पेश गर्न सकिन्छ।

बीमा समितिको निर्देशन अनुरुप एक अर्ब पूँजी कायम गर्न एभरेष्टले जेठ १४ गते मंगलबारदेखि चुक्ता पूँजीको तीन सय प्रतिशत हकप्रद बिक्रीमा ल्याएको थियो। १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद जारीपश्चात एभरेष्टको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

इस्योरेन्सको शेयर साउन २९ गते बुधबार प्रतिकित्ता ३३२ रुपैयाँको हाराहारीमा दोस्रो बजारमा कारोबार भैरहेको छ। शेयर बजार सुस्त भैरहेको समयमा बिक्रीमा लिलामी बिक्रीमा आएको शेयर लगानीकर्ताले सस्तो मूल्यमा नै बोलि लगाएर प्राप्त गर्नुसकेको खण्डमा लिलामी बजारबाट समेत फाइदा गर्नसक्ने सम्भावना देखिन्छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।