सिभिल बैंकले १३ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खोल्यो

Aug 19, 2019 10:50 AM Merolagani



सिभिल बैंक (CBL) को झण्डै १३ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुल्ला भएको छ। बैंकले भदौ २ गते सोमबारदेखि १ सय रुपैयाँ आंकित दरका १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री खुल्ला गरेको हो।

बैंकको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार उक्त शेयर एकै जनाको नभई संयुक्त रहेको क्यापिटलले जनाएको छ । सिभिल बैंकको ५ जना संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्री गर्न लागेका हुन्।

संस्थापक शेयरधनीहरुले दिएको निवेदनका आधारमा क्यापिटलले एकैपटक उक्त शेयरमा बोलकबोल खुला गरेको जनाएको छ ।

बैंकको लिलामी शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य सर्वसाधारण, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन्।

शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट मार्फत भदौ १६ गतेसम्म प्रतिशपर्धात्मक आवेदन दिन सक्नेछन्।

बोलकबोलमा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ गरि प्रतिप्रस्र्धात्मक मूल्यमा आवेदन गर्न सकिन्छ। बढी मूल्य कबुल गरी पेश गरिएको शिलबन्दी बोलपत्रलाई बढी प्राथामिकता दिइने छ।

बैंकको लिलामी शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ भने बढीमा नेपाल राष्ट्र बैंकले १ व्यक्तिले खरिद गर्न पाउने अधिकतम कित्तासम्मको लागि आवेदन गर्न सकिने जनाईएको छ।

लिलामी शेयरमा परेको आवेदन भदौ १७ गते बिहान ११ बजे खोलिने शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।