नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण सभा

Aug 23, 2019 11:09 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश पारित गर्नका लागि चौबीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कोषले भदौँ ३० गते सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौँमा साधारण सभा बोलाएको छ। 

कोषले २२ प्रतिशत अर्थात् २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात् एक करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्ने भएको छ।

साधारण सभा प्रयोजनका लागि कोषले भदौँ १९ गते शेयधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। जसअनुसार भदौँ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर र साधारण सभामा भाग लिन पाउनेछन्।

बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।