नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण सभा

Aug 23, 2019 11:09 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश पारित गर्नका लागि चौबीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कोषले भदौँ ३० गते सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौँमा साधारण सभा बोलाएको छ। 

कोषले २२ प्रतिशत अर्थात् २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात् एक करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्ने भएको छ।

साधारण सभा प्रयोजनका लागि कोषले भदौँ १९ गते शेयधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। जसअनुसार भदौँ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर र साधारण सभामा भाग लिन पाउनेछन्।

बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।