हिमाल दोलखाको साढे ४५ करोडको आईपीओ नबिक्दा कुन प्रत्याभूतिकर्तालाई कति पर्यो भार?

Aug 23, 2019 05:31 PM Merolagani



- तीर्थराज पौड्याल।
हिमाल दोलखा हाइड्रोपावरले सार्वजनिक निष्काशनमा ल्याएको आईपीओ ६० प्रतिशत नबिक्दा प्रत्याभूतिकर्ता चार मर्चेन्ट बैंकले ४५ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर किन्नुपर्ने अवस्था सिर्जना भएको छ।

यससँगै हिमाल दोलखाको अवितरित शेयर प्रत्याभूतिकर्ताहरु नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग, बिओके क्यापिटल, लक्ष्मी क्यापिटल, र नेपाल बंगलादेश क्यापिटलले सकार्नुपर्ने भएको छ।

हाइड्रोपावरले असार २५ देखि साउन २८ गतेसम्म कूल ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्काशनमा ल्याएकोमा कर्मचारीलाई छुट्टाएको सबै शेयर अवितरित भएको थियो भने सामूहिक लगानी कोषले २५ हजार कित्ता र ७२ हजार २५५ सर्वसाधारणले ३० लाख ९३ हजार २५० कित्ता शेयर किनेका थिए। बाँकी रहेको अवितरित ४५ लाख ५३ हजार ९६० कित्ता शेयर कूल निष्काशित शेयरको ५९.३६ प्रतिशत हुन आउँछ।

कर्मचारीले मात्र हैन सर्वसाधारणले समेत सबै शेयरमा आवेदन नगरेपछि हाइड्रोपावरका संस्थापक शेयरधनी, सञ्चालक वा निजका एकाघर परिवार, कार्यकारी प्रमुख लेखापरीक्षक, कम्पनी सचिव र कम्पनीको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न रहेका व्यक्तिहरुलाई तीन दिनको समय दिएर पुन: निष्काशन गरेपनि एक कित्ताका लागि पनि आवेदन नपरेपछि मर्चेन्ट बैंकरको थाप्लोमा आईपीओ सकार्नुपर्ने बोझ थपिएको हो।

कूल निष्काशनको ६० प्रतिशत आईपीओ बिक्री नहुने यो नै सम्भवत पहिलो सार्वजनिक निष्काशन गर्ने कम्पनी हुनसक्छ।  यससँगै दुईवटा आयोजना निमार्ण सम्पन्न गरिसकेको कम्पनीको शेयर नै बिक्री नहुने अववस्थाले भने अगामी दिनमा सार्वजनिक निष्काशनमा ल्याउने अन्य कमजोर अवस्थाका कम्पनीहरुलाई भने धक्का लाग्ने देखिएको छ।

कम्पनीले निष्काशन गरेको आईंपीओमो बिओके क्यापिटलले सबैभन्दा धेरै नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१ प्रतिशत, बिओके क्यापिटलले ३२.८६, लक्ष्मी क्यापिटलले २५ र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए।

यसअनुसार नबिल इन्भेष्टले सबैभन्दा धेरै १५ करोड ३५ लाख १४ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार १४० कित्ता, बिओके क्यापिटलले १४ करोड ९६ लाख ४३ हजार १०० रुपैयाँ बराबरको १४ लाख ९६ हजार ४३१ कित्ता, लक्ष्मी क्यापिटलले ११ करोड ३८ लाख ४९ हजार रुपैयाँ बराबरको ११ लाख ३८ हजार ४९० कित्ता र सबैभन्दा थोरै प्रतिशत प्रत्याभूति गरेको नेपाल बंगालादेश क्यापिटलले ३ करोड ८३ लाख ८९ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ८३ हजार ८९९ कित्ता शेयरको भुक्तानी गर्नुपर्ने बाध्यता आइपरेको हो।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।