नेपाल लाईफलाई एकातिर राखेर अरु जीवन बीमाको तुलना गर्दा पनि किन हुन्न पल्लाभारी ?

Sep 01, 2019 07:18 AM Merolagani

जीवन बीमाको क्षेत्रमा क्रियाशील र शेयर बजारमा सुचिकृत कम्पनीहरु मध्ये नेपाल लाईफ सबैभन्दा अगाडि देखिदा अरु बीमा कम्पनीहरुले पनि आफुलाई प्रगतिको पथमा अगाडि बढाईरहेका छन् । गत बर्ष जीवन बीमा कम्पनीहरुले ५५ अर्ब प्रिमियम संकलन गर्दा नेपाल लाईफ एक्लैले २२ अर्ब भन्दा बढी हिस्सा कायम गरेको छ । सात जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाईफलाई एकातिर र बाँकीलाई अर्कोतिर राख्दा पनि नेपाल लाईफकै अबस्था बजनदार देखिनु रोचक पक्ष हो । हेरौं अवस्था विश्

यता सुर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्मको तुलनामा खुद बीमा शुल्क र खुद नाफामा व्यापक सुधार गरेको छ। चुक्ता पूँजी समेत ९०.४० प्रतिशतले बाढाएको सुर्या लाइफले जीवन बीमा कोषमा ४६.६९ प्रतिशतले सुधार गरेको हो ।

  • जीवन बीमा कम्पनीकाे खुद बीमा शुल्क ३५ प्रतिशतले वृद्धि

सूचिकृत जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा ५५ अर्ब ४३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.५९ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा यि कम्पनीहरुले ४० अर्ब ८८ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै खुद नाफा पनि २६.३६ प्रतिशतले बढेर एक अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा एक अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद बीमांकिय मुल्यांकन अघिको तथ्यांक हो ।

सात जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब ८३ अर्ब ५७ करोड रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ५४ करोड रुपैयाँ संचित छ ।

  • नेपाल लाइफको अग्रता कायम राख्दा, गुराँस लाइफ कमजाेर देखियाे 

गत आर्थिक वर्षको चौंथो त्रैमासमा पनि नेपाल लाइफको अग्रता कायमै राखेको छ भने गुराँस लाइफको खुद बीमा शुल्क सबै भन्दा कम छ। गुराँस लाइफको जगेडा कोष र चुक्ता पूँजी पनि सबै भन्दा कम रहेको छ।

चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको नेपाल लाइफको अन्य सूचकहरु पनि मजबुत  देखिएका छन् ।  नेपाल लाइफको जगेडा कोष २ अर्ब ४३ करोड र जीवन बीमा कोषमा ६५ अर्ब ३६ करोड रुपैयाँ संचित छ। यस्तै २२ अर्ब ८२ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको नेपाल लाइफले ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ।

बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउन नसक्ने गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। गुराँस लाइफको चुक्ता पूँजी सबै भन्दा कम ९३ करोड ८५ लाख रुपैयाँ छ । उसले शत प्रतिशत हकप्रद निष्काशन गरेर पूँजी बढाउने तयारी गरेको छ।

सबैभन्दा कम एक अर्ब ८९ करोड खुद बीमा शुल्क आर्जन गरेको गुराँस लाइफको जगेडा कोषमा २७ करोड रुपैयाँ मात्रै संचित छ। यस्तै सुर्या लाइफको जीवन बीमा कोषमा सबै भन्दा थोरै ५ अर्ब २५ करोड र एशियन लाइफको खुद नाफा सबै भन्दा कम ५ करोड ८२ लाख रुपैयाँ मात्रै छ ।

  • सुर्या लाइफको लोभ लाग्दो प्रगति

बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पुँजी पुर्याइसकेको सुर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा लोभलाग्दो प्रगति गरेको छ। अन्य बीमा कम्पनीहरुको तुलनामा सुर्या लाइफले खुद बीमा शुल्क र खुद नाफासंगै जीवन बीमा कोषलाई पनि मजबुत बनाएको हो ।

चुक्ता पूँजी पनि एक अर्ब ४३ करोड रुपैयाँबाट ९०.४० प्रतिशतले बढाएर २ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । यस्तै ३ अर्ब ५८ करोड रुपैयाँ रहेको जीवन बीमा कोषको रकमलाई ४६.६९ प्रतिशतले बढाएर ५ अर्ब २५ लाख रुपैयाँ पुर्याएको छ । यद्यपि यो रकम सात जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा कम हो।

खुद बीमा शुलक अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.४९ प्रतिशतले वृद्धि हुदाँ खुद नाफा ७२.०३ प्रतिशतले बढाएको छ। तुलनात्मक रुपमा कम्पनीहरुको प्रगति विवरण हेर्दा सुर्या लाइफ इन्स्योरेन्सले लोभ लाग्दो प्रगति गरेको हो ।

जगेडा कोषको रकमलाई ८१.२४ प्रतिशतले बढाएको नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क २७.१८ र जीवन बीमा कोष २४.५८ प्रतिशतले मात्रै वृद्धि भएको छ।

नेपाल लाइफको जगेडा कोष भने २९.८९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा ३ अर्ब ७४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सिमित भएको हो । यद्यपि यो अन्य बीमा कम्पनीहरुको तुलनामा उच्च हो। यस्तै नेपाल लाइफको खुद नाफा भने ९.१८ प्रतिशतले मात्रै सुधार भएको छ।

जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै बिमित, सबैभन्दा धेरै बीमा कोष जगेडा कोष, चुक्ता पूँजी र शेयरधनी कोषका साथै देशभरि शाखा संजाल, कयौं बीमा योजना रहेको नेपाल लाईफको तुलना अरु कुनै पनि बीमा कम्पनीसँग हुन नसक्ने अबस्था छ । सबैलाई एकातिर र नेपाल लाईफलाई अर्कोतिर राख्दा पनि सन्तुलन मिल्न गाह्रो छ ।  यद्यपी अरु जीवन बीमा कम्पनीहरुले पनि प्रगति गर्दै गएकोे देखिन्छ । 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।