उन्नति माइक्रोफाइनान्सको बोनस कारोबारका लागि सूचीकृत

Aug 28, 2019 09:56 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ १० गते मंगलबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था (UMB) को २ लाख २२ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

उन्नतिले २०७५ माघ २६ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस शेयर मंगलबार सूचीकृत गराएको हो।

सोही बोनस शेयर बजारको दोस्रो बजारमा कारोबारका लागि कम्पनीले भदौ १० गते मंगलबार नेप्सेमा सूचीकरण गराएको हो ।

लघुवित्त कम्पनीको उक्त बोनस २०७५ माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताले मात्र पाउनेछन्।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माक्रोफाइनान्सले सर्लाहीमा कार्यालय रहेको सहकार्य लघुवित्तसँग साउन ९ गते बिहीबार मर्जरमा जाने समझदारी गरेपश्चात शेयर कारोबार रोक्का छ।सूचीकृत बोनस दुई लघुवित्तको एकीकृत कारोबार पश्चात मात्र नेप्सेमा किनबेच गर्न सकिनेछ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।