शेयर बजारमा एकै सातामा यसरी गुमाए लगानीकर्ताले २० अर्बको सम्पति

Aug 31, 2019 09:30 AM Merolagani



पूँजी बजारको विकासमा सरकारको ध्यान पुग्न नसक्दा शेयर बजारबाट लगानीकर्ताको सम्पत्ति दिनानुदिन गुम्न थालेको छ। पछिल्लो चार वर्षमा वास्तविक मूल्यमा १० खर्ब बराबरको सम्पति गुमाएका लगानीकर्ताले यस साता मात्रै २० अर्बको क्षति ब्यहोरे ।  

 गत साता कूल बजार पूँजीकरण १५ खर्ब ३९ करोड रुपैयाँ रहेकोमा यस सातामा सातामा १५ खर्ब १९ अर्ब रुपैयाँमा झरेको हो। 

शेयर बिक्री गरेर बजारबाट बाहिरिने लगानीकर्ता बढ्दा कारोबार रकममा अघिल्लो साताको तुलनामा ५ प्रतिशत  बढोत्तरी देखिएको छ भने बिक्री चाप पर्दा  शेयरको मूल्य घट्ने क्रम जारी रहँदा नेप्से पूँजीकरण १.३२ प्रतिशत अर्थात २० अर्बले घटेको हो। बजार पूँजीकरण एक सातामै १५ खर्ब ३९ अर्बबाट १५ खर्ब १९ अर्बमा झरेको छ । यसमा यसैसाता सूचीकरण भएको नेपाल लाईफको २५ प्रतिशत बोनस शेयरको हिसाब गर्ने हो भने हिसाब फरक पर्छ ।

शेयर बजारमा एक सातामा एक अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। पाँचै दिन खुलेको यस साताको बजारमा कारोबार रकम अघिल्लो साताको तुलनामा ६ करोड रुपैयाँले बढी हो। अघिल्लो साता एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

 

सातामा नेप्से परिसूचक १६.६५ अंकले घटेको छ। अघिल्लो साता १२१३.०६ बिन्दुमा रहेको नेप्से यस साता ११९६.४१ विन्दुमा झरेको हो। यस साता ६० लाख २५ हजार कित्ता शेयर २९ हजार ६ सय पटक किनबेच भएका छन् ।

  • दुई कम्पनीकाे संस्थापक मात्रै २० करोडको कारोबार

साता दुई कम्पनीको २० करोड रुपैयाँ भन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। रुलर माइक्रोफाइनान्सको १० करोड ५५ लाख र प्रभु बैंकको १० करोड २२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर काराेबार भएकाे । यस्तै एनआईसी एशिया बैंक, नेपाल बैंक, कुमारी बैंक र प्रभु बैंक ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै बढ्यो

सातामा सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३७.८१ प्रतिशतले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको छ। यसै साताको आइतबारदेखि ३०२ रुपैयाँमा शेयर कारोबार खुलेको यस लघुवित्तको शेयरमूल्य उच्च रुपमा बढेको हो।

यस्तै सिन्धु विकास बैंक, प्रोगेसिभ फाइनान्स, मेरो माइक्रोफाइनान्सको शेयरमूल्य ५ प्रतिशत भन्दा धेरैले सुधार भएको छ।

  • पाँचथर पावरको शेयरमूल्य आईपीओ मूल्यमा झर्यो

यता पाँचथर पावर कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। पाँचथर पावरको शेयरमूल्य ९.९१ प्रतिशतले घटेर १०० रुपैयाँमा झरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ, सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

  • वाणिज्य बैंकको धेरै शेयर कारोबार

यस साता वाणिज्य बैंकको धेरै शेयर कारोबार भएको छ। शिर्ष १० मध्ये ६ वाणिज्य बैंकहरुको मात्रै १७ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको हो। त्यसमा पनि प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ६ लाख २० हजार कित्ता किनबेच भएको छ।

यस्तै कुमारी बैंक र रुलर माइक्रोफाइनान्सको संस्थापक शेयर पनि ३ लाख कित्ता भन्दा बढीको कारोबार भएको छ ।

  • रसुवागढी र साञ्जेनको धेरै संख्यामा कारोबार

करोबार संख्याको आधारमा रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युतको शेयर अगाडि छ। रसुवागढीको ३ हजार ६४८ पटक र सान्जेनको पनि ३ हजार ५९३ पटक शेयर कारोबार भएको हो । यस्तै एनआईसी एशियाको एक हजार २ पटक, अपर तामाकोशीको ९८१ पटक शेयर कारोबार भएको छ ।

680

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।