सिभिल बैंकको १३ लाख कित्ता संस्थापक लिलामी शेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन

Sep 02, 2019 10:40 AM Merolagani



सिभिल बैंक (CBL) ले लिलामी बिक्रीमा ल्याएको झण्डै १३ लाख कित्ता संस्थापक शेयरमा आवेदन गर्ने भदौ १६ गते सोमबार अन्तिम दिन रहेको छ। 

बैंकले भदौ २ गते सोमबारदेखि १ सय रुपैयाँ आंकित दरका १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्रीमा ल्याएको थियो। सोही शेयर सोमबार कार्यालय समय पश्चात बिक्री बन्द गर्न लागिएको हो । 

बैंकको लिलामी शेयरमा संस्थापक शेयरधनी तथा बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य सर्वसाधारण, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन्।

बोलकबोलमा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ गरि प्रतिप्रस्र्धात्मक मूल्यमा आवेदन गर्न सकिन्छ। बढी मूल्य कबुल गरी पेश गरिएको शिलबन्दी बोलपत्रलाई बढी प्राथामिकता दिइने छ।

बैंकको लिलामी शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ भने बढीमा नेपाल राष्ट्र बैंकले १ व्यक्तिले खरिद गर्न पाउने अधिकतम कित्तासम्मको लागि आवेदन गर्न सकिने जनाईएको छ।

लिलामी शेयरमा परेको आवेदन भदौ १७ गते बिहान ११ बजे खोलिने शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।