तीन लघुवित्तले भदौ २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

Sep 05, 2019 11:06 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नभएका सुदूर पश्चिमका तीन लघुवित्तले भदौ २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको एनआरएन लघुवित्तले अन्य दुईवटा लघुवित्त कम्पनीहरुसँग मर्जर सम्पन्न गरेर भदौ २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको हो।

मर्जरमा जाने सम्झौता गरेका एनआरएन लघुवित्त, रामारोशन र क्रिएटिभ लघुवित्तले आगामी मंगलबारबाट एनआरएन लघुवित्त वित्तिय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

लघुवित्तहरुले मर्जरमा जान कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेका छन्।

कैलालीको धनगढी उप महानगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको एनआरएन लघुवित्त, कैलालीकै प्रतापपुरमा केन्द्रीय कार्यालय रहेको क्रियटिभ लघुवित्त र अछामको मंगलसेनमा केन्द्रीय कार्यालय भएको रामारोशन लघुवित्तले बैशाख पहिलो साता मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए।

सुदुरपश्चिम क्षेत्रका तीन लघुवित्तको एकीकृत कारोबार पश्चात ६२ शाखा सहितको एक सशक्त राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बन्नेछ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकद्वारा जारी मर्जर विनियमावली २०७३, चौथो संसोधन २०७५ ले व्यवस्था गरे अनुसार लघुवित्त कम्पनीहरु धमाधम मर्जरको प्रकृयामा रहेका छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।