वोमी लघुवित्तको सवा लाख अवितरित हकप्रद लिलामीमा आउने

Sep 09, 2019 09:25 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले जारी गरेको चुक्ता पूँजीको शतप्रतिशत हकप्रदमा एक लाख २३ हजार २१३ कित्ता शेयर अवितरित भएको छ। कम्पनीले १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा ८ लाख ८७ हजार ६६७ कित्ता मात्र बिक्री भएको हो।

लघुवित्तको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उक्त शेयर चाँडै लिलामीमा आउने जनाएको छ ।

वोमीले असार २६ गतेसम्म कायम शेयरधनीहरुका लागि साउन ९ गतेदेखि भदौ ११ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरको बिक्री गरेको थियो। उक्त अवधिमा रितपूर्वक आवेदन दिने शेयरधनीको हकप्रद भदौ २० गते शुक्रबार बाँडफाँड भएको हो।

लिलामी हकप्रद बिक्री पश्चात वोमीको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ कायम हुनेछ। नागरिक लघुवित्तसँगको मर्जर प्रकृयालाई अन्तिम रुप दिन कम्पनीले आगामी असोज २ गते विशेष साधारण सभा आह्वान गरेको छ। मर्जर प्रकृयामा रहेकाले हाल कम्पनीको शेयर कारोबार रोक्का छ ।

गत आर्थिक बर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर ६२ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दनी कायम गरेको छ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।