मनकामना र स्मार्ट लघुवित्त बीच मर्जर सम्झौता, चार महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने लक्ष्य

Sep 09, 2019 09:45 AM Merolagani



मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सहमति भएको छ। सहमति पत्रमा मनकामना लघुवित्तको अध्यक्ष अजय गोयन्का र स्मार्ट लघुवित्तको अध्यक्ष शान्ति चौधरीले हस्ताक्षर गरिन्।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्टबीच एक बराबर एक प्रारम्भिक स्वाप रेसियो तय भएको छ। दुबै लघुवित्तको सम्पत्ति तथा दायित्वको मूल्यांकनमा १० प्रतिशतभन्दा बढीको फरक परेमा पुन: स्वाप रेसियो निर्धारण गर्ने सहमति भएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनामा एकीकृत कारोबार थाल्ने र नयाँ संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त राख्ने सहमतिमा उललेख छ।

 

एकीकृत संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार काय हुने र सर्वसाधारणमा प्राथामिक शेयर जारी गरेपश्चात १२ करोड ५ लाख पूँजी पुग्ने बताइएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।